असार २७ प्युठान। स्वर्गद्वारी नगरपालिकामा सर्पदंश उपचार केन्द्र स्थापना भएको छ ।
जिल्लाभित्र सर्पदंशको उपचार प्रभावकारी नहुदा उपचारको लागि जिल्ला बाहिर जानुपर्ने बाध्यता थियो।प्रयाप्त स्रोत साधन र सिपको अभावमा स्वर्गद्वारी नगरपालिकामा स्थापना भएको सर्पदंश उपचार केन्द्र भवन मात्र स्थापना भयो तर उपचार हुन सकिरहेको छैन।
स्वर्गद्वारी नगरपालिका -९ कच्छार (आर्मी ब्यारेक नजिक ) सर्पदंश उपचार केन्द्र भवन निर्माण सम्पन भएको एक वर्ष भएको बताउछन स्वर्गद्वारी नगरपालिकाका उपप्रमुख मिनराज राना मगर।उनले भने –"पालिकामा स्वाथ्यकर्मी र जनशक्ति दरबन्दीको अभावमा गत साल तालिममा पठाउन सकेनौ, अहिले दुई जना स्वाथ्यकर्मीलाई असार देखी गोरुसिंगे सर्पदंश उपचार केन्द्रमा तालिम गर्दै हुनुहुन्छ सायद साउन अथवा भदौ बाट यो उपचार केन्द्र संचालनमा ल्याउने तयारी गरेको उपप्रमुख राना मगरले जानकारी दिए।" सर्पदंश उपचार केन्द्रमा प्रयोग हुने आवस्यक सामाग्रीहरु पनि खरिद भईसकेको उपप्रमुख मगरले स्वर्गद्वारी अपडेट लाई बताए।

सर्पले टोकेपछी मानिसहरु धामी झाक्रिको खोजीमा समय विताउने गर्छन्। जसले गर्दा उपचारमा विलम्ब हुदा विषालु सर्पले टोकेका व्यक्तीको अकाल मृत्यु समेत हुने गरेको छ।समयमा नै उपचार नपाउँदा सर्पको डसाइबाट वर्षेनी यस क्षेत्रका स्थानीयले अकालमै ज्यान गुमाउँदै आउनु परेको थियो ।
सर्पको टोकाईबाट यसरी बच्न सकिन्छ
सर्पदंशको उपचारमा अनुभव प्राप्त डाक्टर समिर कुमार अधिकारीका अनुसार सर्पको टोकाईबाट प्रभावित हुने व्यक्ति किसान हो । किसानपछि वालबालिका सर्पको टोकाइकामा पर्ने गरेका छन्।
अधिकारीका अनुसार कृषि कार्यमा संलग्न हुदा होस या घर बाहिर निस्कदा खुट्टा पुरा ढाक्ने बुट, हातमा पञ्जा लगाउदा सर्पको टोकाईबाट बच्न सकिन्छ।
कोब्रा, करेत जस्ता विषालु सर्पका टोकाइका कारण देखिने लक्षणहरु
–स्वादमा भिन्नता
–बान्ता हुनु
–आँखाको परेला उठाउन गाह्रो हुनु
–स्वरमा परिवर्तन आउनु
–घाँटी भाचिने चिन्ह (ब्रोकेन नेक साइन)
–नाडी छिटो छिटो चल्नु
–स्वास फेर्न मा समस्या देखिनु
यसरी गरौं प्राथमिक उपचार
–बिरामीलाई सबै भन्दा पहिले शान्त पर्नु पर्दछ । सर्प दंश बिरामी आत्तिएर बढी स्वास्थ्य समस्या आउने र हृदय घात बढी हुने भएकोले बिरामीलाई परामर्श दिई शान्त पार्नु पर्दछ।
– बिरामीलाई सजिलो हुने गरी भुइमा सुताउनु पर्दछ र शरीर मा कसिएको समान हरु र कसिएको लुगा फुकाली दिनु पर्दछ ।
–टोकेको ठाउँ वरीपरि प्रेसर ब्यान्डेज लगाउने ।
–टोकेको ठाउँ लाई सकेसम्म नचलोस भन्न को लागि काठ वा स्प्लिन्त को प्रयोग गर्ने किनभने टोकेको भाग बढी चलेमा सर्प को बिष मांसपेशिका छिटो सोसित भएर रगतमा मिसिन सक्छ ।
(यी सबै कुराहरु गरिसकेपछि छिटो भन्दा छिटो नजिकैको सर्पदंश उपचार केन्द्रमा पुर्याउनुपर्दछ ।)
के नगर्ने?
–टोकेको सर्प लाई मार्ने कोशिस नगर्ने । यसले गर्दा अरु व्यक्ति पनि घाइते हुन् सक्दछ।
–टोकेको घाउलाई नचलाउने । यसबाट अरु इनफेक्सन हुने र बिष छिटो फैलिने सम्भावना हुन्छ।
–रवर वा डोरीले कडा रुपमा नबाधने। यसले रक्तसंचार लाई अबरुद्ध पार्छ। यदि रबर तन्किएर ४० मिनेट भन्दा बढी बाधेमा कोषिका हरु मर्दै (नेक्रोसिस) जाने छ र धेरै ढिलो भए नेक्रोसिस भएको भाग नै काटेर फ्याक्नु पर्ने हुन् सक्दछ।
–धामी झाक्री संग उपचार गराउछु भन्दा बिरामीको मृत्यु हुने सम्भावना बढ्ने भएको जति सक्दो चाडो सर्प दंश उपचार केन्द्र मा लागने
–टोकेको ठाउमा कुनै चिजले नकाट्ने, नचुसने, कुनै मलम वा रासायनिक कुरा नदलने।