समय : ०४:४२ am | सोमबार , वैशाख ७ गते २०८२

गौमुखीमा पुर्ण सुरक्षित मातृत्व सेवायुक्त वडा घोषणा

स्वर्गद्वारी अपडेट | असार २५ गते २०८०

जोगिन्द्र मल्ल प्युठान। प्युठानको गौमुखी गाउँपालिका वडा नम्बर - ४ पूजालाई पुर्ण सुरक्षित मातृत्व सेवायुक्त वडा घोषणा गरिएको छ ।  

"सुरक्षित मातृत्व ,हामी सबैको दायित्व "स्वास्थ्य संस्थामा हुने सुत्केरी दिगो बनाउ सधैभरी भन्ने मुल नाराका साथ गौमुखी गाउँपालिका नम्बर ४ पुजालाई एक कार्यक्रम बीच पुर्ण सुरक्षित मातृत्व सेवा युक्त वडा घोषणा गरिएको छ।

गौमुखी गाउँपालिका वडा नम्बर ४ पुजाको आयोजनामा भएको घोषणा कार्यक्रमको प्रमुख अतिथी संघीय सभा संसद सुर्य थापाले-"भगवानले दिएको बरदान हो जति जन्माए पनि हुन्छ भन्ने मानसिकताले सुत्केरी महिलाहरुको ज्यान जाने गरेको बताउनु भयो।" कलिलै उमेरमा बिबाह गर्दा ज्यान जोखिम हुने र कानुनले मान्यता दिएको २० बर्षको उमेर पार गरि बिबाह गर्नु पर्ने आमाको भबिस्यका लागि पनि यो ब्याबस्था गरिएको बताउनु भयो।

सो घोषणा कार्यक्रममा बोल्दै गौमुखी गाउँपालिका अध्यक्ष बिष्णु कुमार गिरीले पुर्ण सुरक्षित मातृत्व सेवा प्रदान गर्न गौमुखी गाउँपालिकाले विभिन्न स्थानमा सामुदायिक स्वास्थ्य इकाई स्थापना, एम बि बि एस डाक्टर बाट सेवा दिएको एम्बुलेन्स बाट सुत्केरी महिलाहरुलाई  गन्तब्यमा पुराइ सेवा सुबिधाको लागि आफुहरु कतिबद्ध रहेको बताउनु भयो।सो कार्यक्रममा प्रदेश संसद माननीय निमा गिरि र धनलक्ष्मी श्रेष्ठ लगायतले मन्तव्य राख्नु भएको थियो।जिल्लाको ६४ वडा मध्ये गत बर्ष गौमुखी गाउँपालिकाको नारीकोट ,खुङ वडा घोषणा गरिएको थियो।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्