असार २१ प्युठान। बिरामीलाई आपतकालीन सेवा दिन गौमुखी गाउँपालिकाले एम्बुलेन्स खरिद गरेको छ।
गाउँपालिकाले चालु आर्थिक वर्षमा एम्बुलेन्स खरिद गरेको बताएको छ। नागरिकको स्वास्थ्य सेवामा सहज पहुँचका लागि एम्वुलेन्स ल्याएको गौमुखी गाउँपालिका अध्यक्ष बिष्णु कुमार गिरीले भने –"एम्वुलेन्स सेवाबाट पालिकाका ७ वटै वडाका नागरिकलाई लाभ हुने छ।" ग्रामीण भेगमा बिरामी हुँदा महंगोमा भाडाका सार्वजनिक सवारी रिजर्भ गर्नुपर्ने बाध्यता बेहोर्दै आएका थिए अब सुत्केरी तथा बिरामीहरुलाई सस्तो भाडामा सेवा दिने अध्यक्ष गिरीले जानकारी दिए।