प्युठान ।प्युठान नगरपालिकाका स्वास्थ्य शाखाका प्रमुख गोविन्द राज घिमिरे स्वास्थ्य जीवनको मुल्यवान भएको बताउनु भयो ।
प्युठान नगरपालिकाका आर्थिक सहयोगमा प्यूठान नगरपालिका वडा २ क्वाडीमा मंगलबार पोषण सुधारको लागि वडास्तरीय योजना तर्जुमा सम्बन्धी अभिमुखिकरण कार्यक्रममा यस्तो बताउनु भएको हो ।
स्वास्थ्य शाखाका प्रमुख घिरिले पोषणको अभावमा लाग्ने रोगहरुको जानकारी दिदै कार्यक्रममा सहभागीहरुलाई रोगहरुबाट सचेत रहन प्रशिक्षक रुपमा रहेर आग्रह समेत गर्नु भएको छ । ‘स्वास्थ्य नै धन हो, त्यसैले यसलाई सुरक्षित र आफु स्वस्थ रहन सन्तुलित भोजन खानु पर्छ ।’ घिमिरेले भन्नु भयो–‘ स्वस्थ जीवन विताउन रोगहरुबाट सुरक्षित हुनै पर्छ ।’ मानिसलाई सन्तुलित भोजको कमी भयो भने मानिसमा कुपोषण देखिने उहाँले बताउनुभएको थियो ।
कुपोषणबाट बच्न भिटामीन, आईरन, प्रोटिन तथा सबै तत्व मिलाएर खाने र पानी खादा सधै सफा तथा सुद्दिकरण गरेर खानु पर्ने जानकारी दिनुभयो । कुपोषणबाट बच्चाहरुलाई बचाउन गर्भवती आमाले भिटामीनहररु खाएमा बच्चा स्वस्थ रहने गर्दछ । खानाहरुमा माछा मासु, गेडागुडीहरु, हरिया सागपातहरु, फलफुलहरु तथा जुसहरु जस्ता खानहरुमा ध्यान दिएमा कुपोषणबाट बच्न सकिन्छ । कुपोषण लागेमा बच्चाहरु दुब्लाउने कोहि मोटोपन हुने जस्ताहरु समस्याहरु देखिने जस्ता स्वास्थ्य सम्बन्धि प्रस्तुती राख्नु भएको थियो । नगरपालिकामा कुपोषण गाउँ तथा सहरबाट न्युन पार्न तथा सुन्य बनाउन जनचेतना फैलाउने, प्रत्येक वडाका जनप्रतिनिधि, स्वयंमसेविका तथा स्थानीयहरुले अभियान चलाएमा मानिसमा चेतना हुने र रोग शुन्यमा गराउन सक्ने घिमिरेको धारणा थियो ।
त्यस्तै प्यूठान नगरपालिका वडा २ का वडाअध्यक्ष एवं कार्यक्रमका अध्यक्ष मोहन सिंह विष्टले वडामा सबै भन्दा बढि बालविवाह गरेका भएकोे गुनासो गर्नु भएको थियो । बालविवाहलाई न्युनिकरण गर्न जनचेतना फैलाउने र विवाह गरेकालाई कानुन अनुसार अगाडि बढाउने चेतावनी समेत दिनु भएको थियो । वडामा दुई बस्तिमा मसेरी र ढाडामा खानेपानीको समस्या रहेको हुदा आफ्नो कार्यकालमा पुरा गर्ने समेत प्रतिबद्वता गर्नु भएको छ । खानेपानीको लागि प्रदेश र सघंले पनि सहयोग गर्नुपर्ने उहाँको भनाई रहेको छ । पोषण लागि वडाको मसेरी गाउमा प्युठान नगरपालिकाको सहयोगमा तिन लाख परेको हो । पोषणमा मसेरीका २३ जना स्थानीयलाई उन्नत जातका बाख्राहरु वितरण गर्ने पशु शाखा प्रमुख गीरीराज पौडेलले जानकारीले दिनुभयो । कार्यक्रममा वडाका जनप्रतिनिधि, प्युठान नगरपालिकाको बालबालिका शाखा प्रमुख मन्जु धिताल तथा स्वास्थ्यका स्वयमसेविका पत्रकार सन्तोष सुनार र मसेरीका स्थानीयहरु सहभागी भएका थिए भने कार्यक्रमको सञ्चालन पोषण बहुक्षेत्रियस्तर कार्यका पोषण स्वयम सेविका पार्वता शर्माले गर्नु भएको थियो ।