समय : ०५:१५ am | मङ्गलबार , जेठ २५ गते २०८३

चिसावाङमा ‘द्वादशी दशैं मेला’ आयोजना हुने

स्वर्गद्वारी अपडेट | असाेज १४ गते २०८२

प्युठान।दशैंको अवसर पारेर चिसावाङमा  दशैं मेला आयोजना हुने भएको छ।झिमरुक गाउँपालिका -६ चिसावाङ स्थित चिरायु माध्यमिक बिद्यालयको प्राङ्गणमा हुने फुलबारी दशैँ द्वादशी मेला तथा बृहत सास्कृतिक कार्यक्रम २०८२ आयोजना हुने भएको हो।

फुलबारी दशैँ मेला तथा बृहत सास्कृतिक कार्यक्रमद्वारा आयोजित मेला  असोज १८ गते हुने संस्थाका  अध्यक्ष निकेश पोख्रेलले बताए।उक्त मेलामा स्थानीय तथा राष्ट्रिय कलाकारहरुको प्रस्तुती, परम्परागत पन्चेबाजा, सराय नाँच र लिंगे पिङ समेत हुने आयोजकले जनाएको छ।        

यो पनि पढ्नुहोस्