समय : ०५:३३ am | शनिबार , श्रावण ११ गते २०८१

प्युठानको साङ्गितिक वृत्तचित्र स्वर्गद्वारीमा प्रदर्शन

स्वर्गद्वारी अपडेट | कार्तिक ५ गते २०८०

प्यूठान।प्यूठान जिल्लाका विभिन्न स्थानमा रहेका धार्मिक, सांस्कृतिक एवम् प्राकृतिक सम्पदाको सांगीतिक वृतचित्र प्रदर्शनी आईतबार प्युठानमा सम्पन्न भएको छ।

‘जिल्लैभरि सँगसँगै रम्दै घुमौला’ नाराका साथ तयार पारिएको साङ्गितिक वृत्तचित्रमा राजन पासा र नीना बुढामगरले अभिनय गरेका छन् भने जिल्लाभित्रका अन्य कलाकार र स्थानीयबासीहरुको समेत झलक उक्त वृत्तचित्रमा देख्न सकिन्छ ।

प्युठानको प्रमुख धार्मिक तीर्थस्थल स्वर्गद्वारी, गौमुखी, नौबहिनी झरना, मन्दिर एवं कोठिभिर, झिमरुक नदी, ऐरावती, बाङ्गेसाल, दर्भान लगायत प्यूठानका प्रमुख सम्पदाहरू समावेश गरिएको वृत्तचित्र जिल्लाका विभिन्न स्थानहरुमा शनिबार देखि प्रदर्शन गर्न थालिएको थियो।

तीन वर्ष लगाएर तयार पारेको वृत्तचित्र परिकल्पनाकार, लेखक एवं निर्देशन डा. राजन विनाएक पासा हुन्।शिक्षा र ग्रामीण विकासमा विद्यावारिधि गरेका उनले करिब साढे तीन वर्ष लगाएर उक्त वृतचित्र तयार पारेको पासाले बताएका थिए।उनले भने-  "भौगोलिक कठिनाइका कारण सडक विस्तार हुन नसक्दा स्वर्गद्वारीजस्ता पर्यटकीय स्थलमा पर्यटक जान डराउने अवस्था भएको जनाउँदै यसको समाधानका लागि आफू सक्दो पहल गर्ने उनले बताए।" त्रिभुवन विश्वविद्यालयको ग्रामीण विकास केन्द्रीय विभागका उपप्राध्यापक डा. राजन पासा प्युठानको बाङ्गेसालमा जन्मिएका हुन् ।

उक्त वृत्तचित्रबाट धार्मिक एवम् पर्यटकीय स्थल गौमुखीको काखबाट सुरु भएको उक्त सांगीतिक वृतचित्रमा नौबहिनी झरना, लुङ्गका रिजाल बन्धुको सभ्यता एवम् कुलपूजा, झिम्रुक फाँट-नदी, प्यूठान नगरपालिकाका सुन्दर बस्ती, मल्लरानीका विभिन्न सम्पदा, प्रमुख धार्मिक तीर्थस्थल स्वर्गद्वारी, माण्डवी, ऐरावती र सरुमारानीका विभिन्न प्राकृतिक सम्पदा सङ्गै मनोरम दृश्यालाप गर्न सकिन्छ ।

गौमुखी गाउँपालिकाको ठुलाबेसी, झिमरुक गाउँपालिकाको मच्छी, नौबहिनी गाउँपालिकाको लुङ्ग, बाहाने, प्युठान नगरपालिकाको पुण्यखोला, मल्लरानी गाउँपालिकाको खलङ्गामा समेत प्रदर्शन भईसकेको छ।त्यस्तै आज आइतबार ऐरावतीको बरौला, माण्डवीको नयाँगाउँ, स्वर्गद्वारी, सरुमारानिको बडडाँडा, दर्भान स्थानहरूमा प्रदर्शन भैईसेको छ।

उक्त सांगीतिक वृत्तचित्र आउँदो कार्तिक १० गते राजन पासाकै युट्युब च्यानमार्फत् सार्वजनिक गरिने पासाले बताएका छन्।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्

You cannot copy content of this page