समय : ०२:४० pm | शनिबार , श्रावण १२ गते २०८१

भित्रिकोट दौडले लिगलिगेको दौडको झल्को दिनेछ –अध्यक्ष के.सी

स्वर्गद्वारी अपडेट | असाेज ३० गते २०८०

प्यूठान।भुरे टाकुरे राजाको पालामा बनेको प्युठान नगरपालिका -७ स्थित भित्रिकोट दरबार भग्नावशेष अहिले पनि छ।

गत बर्ष देखि थालिएको भित्रिकोट दौडलाई यस बर्ष पनि निरन्तरता दिइने भएको छ । सामरिक, पुरातात्विक तथा धार्मिक महत्वको बिशेषता बोकेको ऐतिहासिक पर्यटकीय स्थल भित्रिकोटमा यस वर्ष गत बर्ष भन्दा थप रौनकता दिंदै दौड प्रतियोगिता संगै क्षेत्रपाल मन्दिर परिसरमा साँस्कृतिक कार्यक्रम गरिने भएको हो ।

प्यूठान नगरपालिका वार्ड नं ७ को कार्यालयमा मंगलवार बसेको सरोकारवालाहरुको बैठकले गोरखा लिगलिगेको झल्को दिने गरी दौड प्रतियोगितासंगै स्थानीय कला संस्कृतिको महत्व झल्काउने सोरठी, मारुनी तथा अन्य बिशेषता सहितका नृत्यका साथै दशैं बिशेष साँस्कृतिक कार्यक्रमको तयारी थालिएको आयोजकले जनाएको छ ।

कार्यक्रम सम्पन्न गर्नका लागि वडा अध्यक्ष नेत्र बहादुर केसीको अध्यक्षतामा मुल ब्यवस्थापन समिति गठन गरिएको छ। कार्यक्रममा दौड ब्यवस्थापन , साँस्कृतिक ब्यवस्थापन स्वयंसेवक परिचालन तयारीका लागि बिभिन्न उपसमिति गठन गरेको प्यूठान नगरपालिका वार्ड नं ७ को वडा अध्यक्ष नेत्र के.सीले बताए। उनले भने- "यस दरबारको पुरातात्विक तथा धार्मिक महत्वको बिशेषता बोकेको ऐतिहासिक पर्यटकीय स्थल भित्रिकोटमा दौड प्रतियोगिताले लिगलिगे दौडको झल्को दिने बताएका छन् ।"

यस मूल ब्यवस्थापन समितिको कार्तिक १ गते बिहान ८ बजे बस्ने बैठकले अन्य तयारीको ढाँचालाई पूर्णता दिनेछ ।
महाअस्टमी पर्व कात्तिक ५ गतेका दिन बिहान ७.३० बजे प्यूठान नगरपालिका –७ स्थित सैनिक ब्यारेकबाट भित्रिकोट दरवार सम्म करिव ७ किमी दौडको पुरस्कार राशी गत सालकै कायम राखिएको छ ।

 

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्

You cannot copy content of this page