प्युठान।नौबहिनी गाउँपालिकाले कक्षा ५ र ८ को वार्षिक परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यालय र विद्यार्थीलाई पुरस्कृत छ।गाउँपालिकाले उत्कृष्ट विद्यार्थी र विद्यालयलाई पुरस्कृत गरेको छ।शैक्षिक क्षेत्रको विकासमा टेवा गर्ने उद्देश्यसहित गाउँपालिकाले पालिकाभित्रका उत्कृष्ट विद्यार्थी र विद्यालयलाई सम्मान तथा पुरस्कृत गरिएको हो ।
कक्षा ८ मा ज्ञानज्योती आ.वि. पहिलो, लुप्लुङ्ग मावि दोस्रो र बुद्ध आवि तेस्रो भएका छन्। यस्तै, कक्षा ५ मा मोतिप्रकाश प्रावि पहिलो, बुद्ध आवि दोस्रो र गंगा मावि तेस्रो स्थानमा परेका छन्।
विद्यार्थी तर्फ कक्षा ८ मा संगम पुन (गावै मावि) ले ३.६१ र सोनिया के.सी. (गंगा मावि) ले ३.७४ जिपिएसहित उत्कृष्ट स्थान हासिल गरे। कक्षा ५ मा सिद्धान्त भण्डारी (लुप्लुङ मावि) र सिया के.सी. (गावै मावि) दुवैले ३.७१ जिपिए ल्याउँदै अव्वल बने।
सम्मानित विद्यालय र विद्यार्थीलाई गाउँपालिकाले नगद पुरस्कारसहित सम्मान–पत्र प्रदान गरेको हो।पढाइलाई निरन्तरता दिनमा प्रेरित गर्न विद्यार्थी र थप प्रभावकारी शिक्षा प्रदान गर्नमा प्रोत्साहन गर्न बिद्यालयलाई सम्मान गरिएको हो।
कार्यक्रमकै क्रममा उपाध्यक्ष कोसेली कार्यक्रम अन्तर्गत वडा नं. ६ का सामुदायिक विद्यालयमा अध्ययनरत असहाय विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरिएको गाउँपालिकाले जनाएको छ।