प्युठान।प्युठानको माण्डवी गाउँपालिकाले जनयुद्ध दिवसका अवसरमा फागुन १ गते सार्वजनिक बिदा दिएको छ ।गाउँ कार्यपालिकाको बैठकले सार्वजनिक बिदा दिने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत प्रकाश पाण्डेले सूचनामार्फत जनाएका छन् ।
प्रस्तुत विषयमा मिति २०८० माघ २८ गतेको माण्डवी गाउँपालिका गाउँ कार्यपालिकाको बैठकले २९ औं जनयुद्ध दिवस २०८० को उपलक्ष्यमा फागुन १ गते माण्डवी गाउँपालिका कार्यालय, मातहतका सम्पूर्ण कार्यालय, शैक्षिकसंस्थाहरुलाई स्थानिय बिदा दिने भनी निर्णय गरेको हुँदा सम्बन्धित सबैको जानकारीका लागि सूचना प्रकाशित गरिएको छ,' विज्ञप्तिमा भनिएको छ।
