समय : ०६:३२ am | शनिबार , श्रावण १२ गते २०८१

नेपाली कांग्रेसको ‘समुदायमा कांग्रेस अभियान’ : धर्मावती मा.वि मा दाउराहरु व्यवस्थापन

सन्तोष सुनार | माघ २४ गते २०८०

प्यूठान । नेपाली कांग्रेसको समुदायमा कांग्रेस अभियानमा प्यूठानमा विभिन्न सामाजिक कार्यहरु गरिएको छ । त्यस्तै मङ्गलवार नेपाली कांग्रेसको समुदायमा कांग्रेस अभियान अन्तर्गत जिल्लाको प्यूठान नगरपालिका ६ मा रहेको श्री धर्मावती मा.विमा होस्टेलमा रहेका विद्यार्थीको खाना पकाउन सहजको लागी नेपाली कांग्रेस प्यूठान जिल्ला सचिव तथा प्युठान न .पा .वडा नं ६ का वडा अध्यक्ष नरेन्द्र पुन मगर र वडा सभापति भुबन पुन मगरको नेतृत्वमा दाउराहरु उपलब्ध गाराइएको हो ।

समाजमा रहेका समस्याहरु तथा विकास निर्माणहरुको कार्य थालनी गर्नु आफ्नो कर्तव्य तथा जिम्मेवारी भएको वडा अध्यक्ष नरेन्द्र पुन मगरले बताए । “पार्टी तथा व्यक्तिगत भन्दा समाजलाई आधार मानेर कार्य गर्ने तथा समाजलाई एकता गराउनु मेरो उदेश्य रहेको समेत उनको भनाई रहेको छ ।” विद्यार्थीको लागी दाउराहरु उपलब्ध गराएकोमा विद्यालय परिवार आभार व्यक्त गरेको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्

You cannot copy content of this page