समय : ०५:५० am | शनिबार , श्रावण १२ गते २०८१

प्युठानमा बालविवाह न्यूनीकरणको अभ्यास

स्वर्गद्वारी अपडेट | माघ १४ गते २०८०

प्युठान।कानूनमा ‘बिहेवारी बीसवर्ष पारी’ भन्ने गरिए पनि व्यवहारमा भने यो पूर्णरुपमा कार्यान्वयन हुन सकेको छैन।हुनत जिल्लाका स्थानीय तहले बालविवाह न्यूनीकरणका प्रयास अघि सारेकै छन् तर उनीहरुको यो सक्रियताले बालविवाह हट्न भने सकेको छैन।

गाउँघरमा बालविवाहका घटना वढ्न थालेपछी त्यस्लाई न्युनिकरण गर्नका लागि स्थानीय सरकार सक्रीय भएका हुन्।बालविवाह रोकथाम र न्युनिकरण गर्न ऐरावती गाउँपालिकाले नगद पुरस्कारको ब्यबस्था गरेको छ।बालविवाह हुन् लागेको सुचना पाउना साथ पालिकालाई जानकारी गराए बापत नगद २५ हजार तोकिएको पालिका अध्यक्ष नबिल बिक्रम शाह बताउछन।   

भर्खरै मात्र नौबहिनी गाउँपालिकाले आयोजना गरेको ३ दिने बालविवाह न्यूनीकरण सम्बन्धि सचेतनामुलक सडक नाटक सम्पन्न भएको छ।नौबहिनीका अध्यक्ष डील बहादुर थापाले अझैपनि लुकिछिपी बालविवाह भईरहेकाले न्युनिकरणका लागि पहिलो चरणमा सवै वडामा सचेतनामुलक कार्यक्रम सम्पन्न भएको बताए।उनले भने-" अब चार बर्षभित्र पालिकाभित्रको बालविवाह शुन्यमा झार्ने रणनिती रहेको उनको भनाई छ।"

बालबिबाह न्युनिकरणका लागि जिल्लाका माण्डवी गाउँपालिका र नौबहिनी गाउँपालिकाले सचेतनामुलक सडक नाटक सम्पन्न गरिसकेको छ।  स्थानिय तहले बालबिबाह न्युनिकरण गर्ने नीति तथा कार्यक्रममा उल्लेख भएपनि त्यस्को कार्यान्वयनमा भने अग्रसरता देखाएका छैन्न।

प्युठानमा समुदायमा प्रहरीको साझेदारीमा बालबिबाहका पर्ने असर, यसले शारीरिक तथा मानसिकरुपमा पार्ने असर लगायतका सम्बन्धमा जनचेतना मुलुक कार्यक्रम गर्दै आइरहेको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्

You cannot copy content of this page