देशको मेरुदण्ड युवा हुन् । विकासको मुख्य आधार युवा जनशक्ति हो । हरेक बुवाआमालाई आफ्नो सन्तान देश मै बसोस्, आफ्नै देशमा केहि गरोस् वा भनौं राम्रो आर्थिक आम्दानी गरि स– परिवार हासीखुसी रहन पाइयोस् भन्ने चाहाना हुन्छ । पाको उमेरका बुवा आमालाई त आफ्ना बुढेसकालको साहारा छोराछोरीको आश लाग्छ भने जननीलाई पनि आफ्ना सन्तानप्रति आश लाग्नु स्वभाविक हो । हरेक युवाको आफ्नो बालापन देखि एक तहको अध्यनसम्म देश मै हुनछ ।
सुनौलो भविष्यको आशमा रहेका युवाहरु पनि आफ्नै देशमा केही गर्छु भन्ने अठोटका साथ नै संघर्ष गर्छन् सुनौलो भविषयको अपेक्षामा । एउटा युवाले जसोतसो गरेर आफ्नो परिवारले पढाई सक्छ अनि आफ्नो योग्यता अनुसारको इलम गर्न खोज्छ । तर, उ आफ्नो योग्यता अनुरुपको काममा पाउछु कि भन्ने आशले कति गल्ली धाउंछ, कतिलाई बिन्ती चढाउछ कति जबसेन्टर धाउछ त कतिलाई चाकरी गर्छ तर ऊ असफल हुन्छ र आफ्नो जिन्दगीदेखि हार मानेर अर्को बाटो अपनाउंछ । अनि सुरु हुन्छ विदेश पलायन पलायनको कथा ।
हुने खाने र सक्षम जो छन् उनीहरुको रोजाइमा पर्छ अमेरिका, लन्डन अनि अस्ट्रेलिया । अनि निम्न वर्गीय र पढाईबाट हैरान भएकाहरुको रोजाईमा पर्छ खाडी मुलुक । गएको ५ वर्षमा मात्रै ३४ लाखभन्दा बढि नेपाली युवा विदेश पलायन भएको एक पछिल्लो सर्वेक्षणले बताएको छ । अध्यागमन विभागले तयार पारेको १ वर्षको तथ्यांक अनुसार एक वर्षमा १६ लाखभन्दा बढी नेपाली विदेश उडका छन् । जहाँ स्थायी बसोबासका लागि जाने ७० हजार भन्दा बढी छन् । जहाँ रोजगारीको लागि मात्र देश छोड्नेको संख्या १ वर्ष मै ८ लाख ८ हजार ४१५ छ ।
त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट दैनिक सयौें नेपाली युवाहरू बैदेशिक रोजगारका निम्ति उड्ने गरेका छन् भने अर्को द्वारबाट तिनै कामदारका दैनिक ४ वटा लाश बाकसमा बन्द भएर आउने गरेको तथ्याङ्कले पनि बैदेशिक रोजगारी कति सुरक्षित छ ? भन्ने कुरा बुझ्न गाह्रो छैन । सरकारले धेरै आश्वासन देखाए पनि देशमा युवा मैत्री प्रभावकारी ठोस कार्यक्रम भने ल्याउन सकिरहेको छैन । किन युवाहरु विदेश पलायन भइरहेका छन् ? यो विषयमा राजनीतिक दलका नेताहरुले धेरै वकालत गर्छन्, चर्का चर्का भाषण पनि हुन्छन् । तर, दीर्घकालीन रुपमा कसरी निर्मुल पार्न सकिन्छ त्यो तर्फ कहिल्यै पनि गम्भीर भएर सोच्न सकिएको छैन ।
फलस्वरुप उर्जाशील दक्ष जनशक्ति दिनमा दुई गुना रातमा चौगुना काठमान्डौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट खादा माला पहिरिएर चांडै फर्किने आशमा आंखा भरि आंशु पारेर वृद्ध बा आमालाई छाडेर परदेशीन वाध्य हुन्छन् । नागरिक समाज, बुद्धिजीवी, राजनीतिक दल, पत्रकार, कर्मचारी तथा अन्य समाजको अगुवाइ गर्ने ब्याक्तित्वहरुले पनि अहिले सोच्ने बेला आएको छ । देशमा भएका उद्योग, कलकारखानाहरु बन्द छन् । काठमाडौ , पोखरा ,बुटवल,जस्ता ठुला ठुला शहरहरुमा व्यावसाय नचलेर अधिकांस सटर बन्द छ्न । थप उद्योग, कलाकारखानाहरु सञ्चालन गरेर स्वदेशमै रोजगारीका अवसरहरु सिर्जना गर्नु पर्नेमा सरकार चुपचाप छ । साँच्चिकै मुलुक बनाउने हो भने उर्जावान युवाहरुलाई स्वदेशै राख्न सक्नुपर्छ तर राजनीतिक दल र सरकारमा अझै पनि आर्थिक, शैक्षिक, औद्योगिक चेतनाको विकास हुन सकेको छैन । जसका कारण युवालाई देशमै रोक्न सकिएको छैन ।
स्वदेशमै उद्योगधन्दा कलकारखाना सञ्चालन गरी युवाशक्तिलाई यही राखेर काम लगाउन सकेमा आफ्नै ठाउँमा रोजगारीका अवसर सिर्जना हुनुको साथै युवाहरुलाई विदेश पलायनबाट रोक्न सकिन्छ । देशको अर्थतन्त्र बलियो र सबल बनाउन सकिन्छ । यसर्थ यसतर्फ सरकार र राजनीतिक दलहरुले ध्यान दिन जरुरी छ । तीनै तहका सरकारले स्वदेशमै पर्याप्त रोजगारीका अवसर सिर्जना गर्ने लक्ष्य राखे पनि कामका लागि बिदेशिनु नेपाली युवाको बाध्यता हो । देशबाट परदेशमा गएका नेपाली युवाले भोग्नु पर्ने समस्यातर्फ सरकारले पर्याप्त ध्यान दिनु आवश्यक छ । बेलैमा नसोचे हामीले ठूलो युवा शक्ति गुमाउँदैछौ । युवा शक्ति गुमाउनु देश विकास गुमाउनु हो । सोचै त हामीले विदेशमा पसिना बगाउनका लागि हरेक दिन विदाइ गर्ने हरेक युवा कति क्षमता होला ? हरेक क्षेत्र दक्ष र विज्ञ कति युवालाई हामीले गुमायौं होला ? चाडैं सोचैं बेलैमा नसोचे हामीले लिएको लक्ष्य हामीले देखेको देश विकासको सपना पूरा गर्न युवाशक्तिको अभाव तगारो बन्न सक्छ ।