समय : १२:२८ pm | शनिबार , श्रावण १२ गते २०८१

प्युठानमा बिद्यार्थीले शिक्षक कुटेको आरोप

स्वर्गद्वारी अपडेट | पौष २५ गते २०८०

प्युठान।प्युठानको माण्डवी गाउँपालिका नयागाउँस्थित माण्डवी माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीले शिक्षक कुटेको आरोप लागेको छ।

माण्डवी गाउँपालिकाले आयोजना गरेको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा खटिएका शिक्षक बसन्त थापा आक्रमणमा परि घाईते भएका छन्। शिक्षक थापाले भने –"म खेल मैदानबाट सहपाठी शिक्षकलाई राखेर केहि समय खेल मैदान नजिक (लामाचौर) खेत हेर्न जाने क्रममा सोहि बिद्यालयका बिद्यार्थी दिपक थापा (नाम थर /परिवर्तन )ले सोहि बिद्यालयमा अध्ययनरत बालिकालाई अभद्र व्यवहार गरेको देखे पछि बिद्यार्थी थापा र शिक्षक थापा बीच भनाभन पछि थापाले हातपात गरेको शिक्षक थापाले बताएका छन्।"आफु असुरक्षित महसुस गरेको भन्दै उक्त्त घटनामा संलग्न ब्यक्तिलाई कारवाहीको माग राख्दै अस्थाई प्रहरी बिट जस्पुरमा उजुरी दिएको थापाले बताए।  

यता माण्डवी माध्यमिक बिद्यालयका शिक्षकहरुले उत्त घटनामा संलग्न भएका ब्यक्ति लाई कारवाहीको माग गर्दै आज प्रकासन गरेको प्रेस बिज्ञप्तिमा हस्ताक्षर गरि माघ ३ गते सम्म पेन डाउन कार्यक्रम राखेका छन।

बिज्ञप्ति यस प्रकारको छ -

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्

You cannot copy content of this page