समय : ०६:५० am | शनिबार , श्रावण १२ गते २०८१

नौबहिनीमा मेलमिलाप सम्बन्धि ४८ घण्टे आधारभुत तालिम सम्पन्न

स्वर्गद्वारी अपडेट | पौष १७ गते २०८०

प्युठान।वडा स्तरमा हुने विभिन्न विवादलाई मेलमिलापका माध्यमबाट वडामै मिलाउने उद्देश्यले सञ्चालित मेलमिलाप सम्बन्धी आधारभुत तालिम सम्पन्न भएको छ ।

यहि पौष १० गतेदेखि नौबहिनी गाउँपालिकाको सभाहलमा सञ्चालित तालिमको आज समापन गरिएको हो।४८ घण्टे मेलमिलाप सम्बन्धी आधारभुत तालिम नौबहिनी गाउँपालिकाको आर्थिक सहयोग र परिवर्तन दिगो बिकासका लागि युवा सिन्धुलीले सहजीकरण गरेको थियो । तालिममा मेलमिलापको महत्व, मेलमिलापले सामाजिक द्धन्द व्यवस्थापनमा पुर्याउने सहयोग लगाएतका विषयमा सिकाइएको थियो।

तालिममा कानुन व्यवसायी, बुद्धिजिवि लगायत न्यायिक समितिका कर्माचारी गरी २७ जनाको सहभागीता रहेको थियो ।न्यायिक समिति संयोजक तथा नौबहिनी गाउँपालिका उपाध्यक्ष बिष्णा थापा केसीले आफुले सिकेको सीप व्यवहारमा लागू गरेमात्रै तालिकको औचित्य पुष्टि हुने भएकोले जिम्मेवार भएर न्यायीक निरुपण गर्न आग्रह गरेकी थिईन। उनले भनिन-"गाउँघरमा हुने झैझगडा र विवादलाई निष्पक्ष भएर आफ्नो क्षेत्रमा गएर काम गर्न उपाध्यक्ष केसीको भनाई छ ।"

उक्त कार्यक्रममा निमित्त प्रमुख प्रशासकीय अधिकृत अरविन्द्र ब्रह्माले तालिममा सहभागी मेलमिलापकर्तालाई सपथ खुवाएका थिए । समापन कार्यक्रम न्यायिक समिति संयोजक तथा नौबहिनी गाउँपालिका उपाध्यक्ष बिष्णा थापा केसीको अध्यक्षतामा सम्पन्न भएको छ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्

You cannot copy content of this page