समय : ०१:४१ pm | शनिबार , श्रावण १२ गते २०८१

ऐरावतीमा बालविवाहको सुचना दिनेलाई पुरस्कार  

स्वर्गद्वारी अपडेट | पौष १६ गते २०८०

प्युठान।जिल्लाको ऐरावती गाउँपालिकाले बालविवाह भएको सुचनाको जानकारी दिने ब्यक्तीलाई नगद २५ हजार रुपैंयाँ  पुरस्कार दिने भएको छ।बढ्दो गएको बालविवाहको समस्यालाई न्यूनीकरणका गर्नको लागि गाउँ सभाले सुचना दिने ब्यक्ती लाई पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो।   

पालिकाको सोमबार भएको १४ औं गाउँसभाबाट बालविवाह रोकथाम तथा न्यूनिकरण गर्नको लागी बिशेष कार्यक्रम सहित अघि बढ्नेगरी कार्यक्रम तय गरिएको गाउँपालिकाका अध्यक्ष नविल बिक्रम शाहले जानकारी दिए।बालविवाह भएको, हुदै गरेको वा हुने जानकारी गाउँपालिका, प्रहरी कार्यालय वा जनप्रतिनिधिलाई गराउनेलाई २५ हजार पुरस्कार दिईने छ,’ उनले भने-"बालविवाह सम्वन्धी सुचना दिनेको नाम गोप्पे राखिने छ।" पालिकाको यो कदमले ऐरावतिमा हुने बालविवाहको समस्या कमी हुन् सक्ने अध्यक्ष शाहको भनाई छ।    

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्

You cannot copy content of this page