समय : ०६:२६ am | शनिबार , श्रावण १२ गते २०८१

फेरि विवादमा तानियो माण्डवी गाउँपालिका

स्वर्गद्वारी अपडेट | भाद्र २१ गते २०८०

प्यूठान । माण्डवी गाउँपालिका प्यूठानले ढुंगागिट्टी, बालुवा उत्खनन्को ठेक्का सम्झौता विपरित राजश्व रकम दाखिला गर्न भनिएको विवाद सेलाउन नपाउदैं फेरि अर्को विवादमा तानिएको छ  ।

गत आर्थिक वर्ष २०७९/०८० मा प्रकाशन गर्नु पर्ने स्थानिय पाठ्यपुस्तक समयमा प्रकाशन हुन नसक्दा विवादमा तानिएको छ । माण्डवी गाउँपालिका वडा नं. १ का वडा अध्यक्ष बाम बहादुर बुढाले सामाजिक सञ्जालमा प्रमुख प्रशासकीय अधिकृत र शिक्षा शाखा प्रमुखको मन मुटावले गर्दा पाठ्यपुस्तक छपाईको काम रोकिएको उल्लेख गरेका छन् । आफ्नो फेसबुक पेजमा लामो भनाइ राख्दै प्रमुख प्रशासकीय अधिकृतले अन्याय गरेको भन्दै पैसा खाने समेत चलखेल भएको बताएका छन् । यता शिक्षा शाखा प्रमुख तुल्सी कार्कीले पनि वडा अध्यक्ष बाम बहादुरले लेखेको सबै कुरा सत्य भएको स्वीकारेका छन् । ‘हामीले पाठ्यपुस्तक समयमै तयार गरेका थियो’– शाखा प्रमुख कार्कीले भनिन्–‘कोटेनशको आधारमा छपाइ गर्ने भनेका थियौ तर हाकिमले नमान्दा ढिलो भएको हो ।’ समयमै विद्यार्थीको हातमा पाठ्यपुस्तक पु¥याउने लक्ष्य पुरा हुन सकेन त्यस कुरामा दु:ख लागेको उनले बताइन । 

उता प्रमुख प्रशासकीय अधिकृत प्रकाश पाण्डेले यि सबै कुरा सत्य नभएको दावी गरेका छन् । ‘पाठ्यपुस्तक तयार गर्दा असारको ९–१० गते भइसकेको थियो । आर्थिक वर्ष सकिनै लाग्दा अन्तिम अवस्थामा तयारी भयो’– प्रमुख पाण्डेले भने–‘ समयमा नछापिएर पछि भुक्तानीलाई समस्या हुने भएपछि पाठ्यपुस्तक छपाई रोकिएको हो अरु केही होइन ।’ यसरी सामाजिक सञ्जालमा राख्नु भन्दा पनि बैठक बसेर छफलफल गर्दा सबै कुरा प्रस्ट हुने उनले बताए ।

वडा अध्यक्ष बाम बहादुर बुढाले माण्डवी गाउँपालिकामा पटक पटक यस्तो घटना हुंदा दुख्ख लागेको बताउछन् ।

वडा अध्यक्ष बुढाको फेसबुक वालमा उल्लेख भएको कुरा यस्तो छ ।

 

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्

You cannot copy content of this page