समय : ०१:०८ pm | सोमबार , असार १ गते २०८३

प्युठानका स्थानीय तहमा ८३ करोड बढी बेरुजु

लव कुमार अधिकारी | असार १ गते २०८३

प्युठान।प्युठानका स्थानीय तहमा बेरुजुको चाङ बनेको छ।दुई नगरपालिका र सात गाउँपालिका गरी नौ स्थानीय तह रहेको प्युठानमा महालेखा परीक्षकको ६३ औं प्रतिवेदन अनुसार प्युठानमा जम्मा अद्यावधिक बेरुजु रकम ८३ करोड ३५ लाख १७ हजार देखाएको छ।

सबैभन्दा कम झिमरुक गाउँपालिकामा बेरुजु देखिएको छ भने सबैभन्दा बढी स्वर्गद्वारी नगरपालिकामा रहेको छ।

महालेखा परीक्षकको अन्तिम प्रतिबेदन अनुसार आर्थिक वर्ष २०८१ /०८२  मा झिमरुक गाउँपालिकाको बेरुजु रकम १  करोड ८०  लाख १९  हजार रुपैंयाँ रहेको छ।स्वर्गद्वारी नगरपालिकाको बेरुजु रकम १५ करोड ५५  लाख ७ हजार ५ सय रुपैयाँ रहेको छ। 

त्यस्तै प्युठान नगरपालिकामा १४ करोड ९४ लाख ५ हजार रुपैयाँ  रहेको छ,गौमुखी गाउँपालिकामा ८ करोड ३३ लाख ५० हजार रुपैयाँ, माण्डवी गाउँपालिकामा ७ करोड ९३ लाख ९० हजार रुपैयाँ, सरुमारानी गाउँपालिकामा ३ करोड ६५ लाख २५ हजार रुपैयाँ, मल्लरानी गाउँपालिकामा ९ करोड ७१ लाख ३४ हजार रुपैयाँ, नौबहिनी गाउँपालिकामा १० करोड २६ लाख २ हजार रुपैयाँ, ऐरावती गाउँपालिकामा १२ करोड ४९ लाख ९५ हजार रुपैया रहेको छ।         

प्रचलित कानुन बमोजिम पुर्‍याउनुपर्ने रीत नपुर्‍याइ कारोबार गरेको, राख्नुपर्ने लेखा नराखेको, बेमुनासिव तरिकाले आर्थिक कारोबार गरेको रकम कलमलाई बेरुजु भनिन्छ।

यो पनि पढ्नुहोस्