समय : ०१:११ pm | सोमबार , असार १ गते २०८३

सातै प्रदेशले आज ल्याउँदै नयाँ बजेट, विकास योजना र खर्च प्राथमिकता सार्वजनिक हुँदै

स्वर्गद्वारी अपडेट | असार १ गते २०८३

काठमाडौं । सातै प्रदेश सरकारले आज आगामी आर्थिक वर्ष २०८३/८४ को वार्षिक बजेट सार्वजनिक गर्दै छन्। सम्बन्धित प्रदेश सभाको बैठकमा आर्थिक मामिला तथा योजना मन्त्रीहरूले आगामी वर्षका लागि आय–व्ययको अनुमानित विवरण प्रस्तुत गर्ने तयारी गरेका हुन्।

संवैधानिक व्यवस्था अनुसार प्रदेश सरकारले प्रत्येक वर्ष असार १ गतेभित्र बजेट ल्याउनुपर्ने प्रावधान रहेको छ। सोही व्यवस्था अनुसार सातै प्रदेशले आज नयाँ आर्थिक वर्षको बजेट सार्वजनिक गर्न लागेका हुन्। यसअघि प्रदेश सरकारका नीति तथा कार्यक्रम सम्बन्धित प्रदेश सभाबाट पारित भइसकेका छन्।

कार्यतालिका अनुसार सबैभन्दा पहिले मधेश प्रदेशले दिउँसो १ बजे बजेट प्रस्तुत गर्नेछ भने कर्णाली प्रदेशले दिउँसो ३ बजे आफ्नो बजेट ल्याउनेछ। कोशी, बागमती र गण्डकी प्रदेशले दिउँसो ४ बजे बजेट सार्वजनिक गर्ने तालिका छ।
त्यसैगरी लुम्बिनी र सुदूरपश्चिम प्रदेशले साँझ ५ बजे बजेट प्रस्तुत गर्ने तयारी गरेका छन्।

आगामी आर्थिक वर्षका लागि प्रदेश सरकारहरूले पूर्वाधार विकास, रोजगारी सिर्जना, शिक्षा, स्वास्थ्य, कृषि तथा सेवा प्रवाह सुधारलाई प्राथमिकतामा राख्दै बजेट ल्याउने अपेक्षा गरिएको छ।

यो पनि पढ्नुहोस्