समय : ०३:१९ pm | बुधबार , वैशाख ३० गते २०८३

सुनको मुल्य घट्यो, चाँदीको बढ्यो

स्वर्गद्वारी अपडेट | वैशाख ३० गते २०८३

काठमाडौ।मंगलबारको तुलनामा स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव देखिएको छ।  सुन तोलामा रु ७०० ले घटेको छ भने चाँदीको मुल्य  भने रु १५ ले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मुल्य प्रतितोला रु तीन लाख दुई हजार २०० र त्यति नै परिमाणमा चाँदीको मूल्य रु पाँच हजार ७१० कायम भएको छ ।

हिजो मंगलबार एक तोला छापावाल सुन रु तीन लाख दुई हजार ९०० र त्यति नै परिमाणको चाँदी रु पाँच हजार ६९५ मा खरिदबिक्री भएको थियो । अन्तरराष्ट्रिय सञ्चारमाध्यमका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार ७२५ र त्यति नै परिमाणको चाँदी ८७ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

यो पनि पढ्नुहोस्