समय : ०३:११ pm | आइतबार , वैशाख २० गते २०८३

सुन घट्यो, चाँदीको भाउ बढ्यो

सुनको मूल्य प्रतितोला २ लाख ९५ हजार १०० रुपैयाँ कायम भएको छ।

स्वर्गद्वारी अपडेट | वैशाख २० गते २०८३

प्युठान। नेपाली बजारमा आइतबार सुनको भाउ घट्दा चाँदीको मूल्य भने बढेको छ। गत शुक्रबारको तुलनामा सुन तोलामा १ हजार रुपैयाँले घटेको हो भने चाँदी ६५ रुपैयाँले बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९५ हजार १०० रुपैयाँ कायम भएको छ। चाँदीको मूल्य प्रतितोला ५ हजार १० रुपैयाँ पुगेको छ। यसअघि शुक्रबार छापावाल सुन २ लाख ९६ हजार १०० रुपैयाँमा कारोबार भएको थियो भने चाँदी ४ हजार ९४५ रुपैयाँमा किनबेच भएको थियो।

अन्तर्राष्ट्रिय बजारमा पनि सुन र चाँदीको मूल्य उतारचढाव देखिएको छ। आज एक औँस सुन ४ हजार ७५० अमेरिकी डलर र चाँदी ७५ डलरमा कारोबार भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

यो पनि पढ्नुहोस्