प्युठान। प्यूठान उद्योग वाणिज्य संघले नयाँ नेतृत्व चयन गरेको छ।आज भएको मनोनयन दर्ताको क्रममा सबै पदमा दोश्रो ब्यक्तिको उम्मेदवारी नपरेपछि सर्वसम्मत चयन भएको हो ।
अध्यक्ष सन्देश आचार्य, वरिष्ठ उपाध्यक्ष कृष्णभक्त गिरी, वाणिज्य उपाध्यक्ष रामचन्द्र पौडेल, उद्योग उपाध्यक्ष गोविन्द कार्की, महासचिव झबिन्द्र शर्मा, उपमहासचि पशुपति श्रेष्ठ र कोषाध्यक्ष कुमार श्रेष्ठ चयन भएका छन्।
प्युठानका ९ वटै बजार क्षेत्रबाट सर्वसम्मत प्रतिनिधि चयन भएका थिए। यहि चैत २ गते संघको साधारणसभा तथा अधिवेशनको औपचारिक कार्यक्रम हुँदैछ।