समय : १०:४३ am | शनिबार , श्रावण २३ गते २०८३

प्युठानमा ७ दिनमा ५२ थान अवैध भरुवा बन्दुक बरामद

बरामद गरिएका अवैध हातहतियार आवश्यक कानुनी प्रक्रिया पूरा गरी व्यवस्थापन गरिने प्रहरीले जनाएको छ।

स्वर्गद्वारी अपडेट | श्रावण २३ गते २०८३

प्युठान।जिल्ला प्रहरी कार्यालय प्युठानले ७ दिनको अवधिमा ५२ थान अवैध भरुवा बन्दुक बरामद गरेको जनाएको छ।

साउन १६ देखि २३ गतेसम्म जिल्लाका विभिन्न स्थानमा खोजतलास गरिएको थियो।प्रहरी निरीक्षक गणेश ज्ञवालीका   अनुसार स्थानीयको सुराकीको आधारमा वनजंगलमा लुकाइछिपाइ राखेका ती बन्दुकहरू फेला पारिएको बताए।

प्रहरीका अनुसार सबैभन्दा धेरै नौबहिनि गाउँपालिकाका विभिन्न सामुदायिक वन क्षेत्रमा, झिमरुक गाउँपालिकाका वन क्षेत्रमा र सरुमारानी गाउँपालिकाका  वन  क्षेत्रमा केहि थान बन्दुकको नाल र  पाटपुर्जा समेत बरामद गरिएको छ

बरामद गरिएका अवैध हातहतियार आवश्यक कानुनी प्रक्रिया पूरा गरी व्यवस्थापन गरिने प्रहरीले जनाएको छ।जिल्लामा शान्तिसुरक्षा सुदृढ बनाउन यस्ता विशेष अपरेशनलाई निरन्तरता दिइने पनि प्रहरीको भनाइ छ।

यो पनि पढ्नुहोस्