समय : ०६:४७ am | बिहिबार , असाेज ३ गते २०८१

यो दशैंलाई छैन नयाँ नोट

स्वर्गद्वारी अपडेट | भाद्र ३१ गते २०८१

काठमाडौं । नेपाल राष्ट्र बैंकले यो दशैंमा नयाँ नोट वितरण नगर्ने जानकारी दिइसकेको छ । दशैमा नयाँ नोट वितरण नहुने भएकाले सुकिला नोटले काम चलाउन आग्रह नै गरेको छ ।

बहुसांस्कृतिक देश भएपनि धेरै नेपालीहरूले मनाउने दशैंलाई राज्यले विशेष महत्व दिँदै आएको छ । जसकारण राष्ट्र बैंकले पनि दशैंलाई मध्यनजर गर्दै नयाँ नोट छाप्ने र वितरण गर्ने गरेको थियो ।

तत्कालीन राजा त्रिभुवन र राणा प्रधानमन्त्री जुद्धशमशेरका पालामा वि.सं. २००२ मा नेपालमा पहिलो बैंक नोट जारी भएको थियो । नोट प्रयोग शुरु भएको ७९ वर्षदेखि मुख्यतः विजयादशमीका दिन टिकाटालोमा दक्षिणास्वरुपः कट्कटिएका नयाँ नोट दिने चलन छँदैछ ।

तर, यस पटकको दशैंमा भने सो प्रक्रियाले निरन्तरता नपाउने भएको हो।जसकारण यो दशैंमा खर्च व्यवस्थापन लगायत टिका लगाउने क्रममा पुरानै सुकिला नोटले काम चलाउनुपर्ने भएको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्