समय : ०८:३८ am | शनिबार , श्रावण १२ गते २०८१

ग्रामीण क्षेत्रको बैंक नै सहकारी

राधिका भुषाल | चैत्र २० गते २०८०

प्यूठान । सहकारी राज्यको तीने खम्बे अर्थ नीति अन्तरगत एउटा महत्वपूर्ण खम्वा हो।यतिवेला सहकारीहरुले गाउँबस्तीसम्म सेवा विस्तार गर्दै आएका छन् । सम्भावना र चुनौतीहरुको बावजुद पनि सहकारीहरुले आफ्नो सेवालाई जनसमुदायसम्म पु¥याउनका लागि सकेको प्रयास गरिरहेको पाइन्छ ।

ऐरावती गाउँपालिका ५ सराङ्गवेशीमा सञ्चालन रहेको कालिमाटी बचत तथा ऋण सहकारी संस्थाले गाउँमा सानो बैंकको सेवा दिइरहेको छ । ‘सहकारी स्थापना भइपछि हामीलाई धेरै सहज भएको छ ।’ स्थानीयवासी रेशम के.सी.ले भने–‘यहाँ नजिकै बैंकहरु छैनन् यहि सहकारी नै हाम्रो लागि बैंक बनेको छ ।’ आफुसंग भएको थोरै– थोरै रकम जम्मा गर्न पाइन्छ र चाहिएको समयमा झिक्न पनि पाइने हुंदा आफुहरुलाई बैंकको आवश्यता सहकारीले पुरा गरिएको उनले बताए ।

आफ्नै ठाउँमा सहकारी भएपछि ऋण झिक्न र बचत गर्न दुवै कुरामा सहज भएको कालिमाटिका सदस्य धना पुनले बताइन । ‘विगत २ वर्ष देखि टमाटर खेती गर्दै आएको छु ।’ पुुनले भनिन् ‘ सहकारीले सवैलाई सहज भएको छ तर, हामी जस्तो व्यवसाय गर्नेहरुलाई थप राहत पुगेको महशुस गरेको छु ।’ हिडेर बैंक जना सक्ने अवस्था नरहेको बताउदैं बैंकको पहुँच नभएको आफ्नो ठाउँमा सहकारी मार्फत सबै कारोवार गर्न निकै सहज भएको उनले बताइन ।

२०६६ सालमा साविकका ३ गा.वि.स.हरु धुवाङ, रस्पुरकोट र पकलालाई कार्यक्षेत्र बनाएर सहकारी स्थापना गरेको संस्थाका अध्यक्ष वेगम घर्तीमगरले जानकारी दिए । संस्थापक ४४ जना (सदस्य) व्यक्तिहरुको समुह बनाएर सामान्य अवस्थाबाट सुरु भएको सहकारीको कारोवार हाल २ करोड ९४ लाख १४ हजार ६२८ रुपैया पुगेको उनले बताए । ‘हाम्रो संस्थामा हाल ८ सय ५ जना सदस्यहरु आवद्ध छन् यसमध्ये अधिकांशले मासिक बचत गरेका छन् भने केही सदस्यहरुले दैनिक बचत गरिरहेका छन् ।’ अध्यक्ष घर्तीले भने–‘धेरै जसो सदस्यहरुको सक्रिय सहभागीता रहेको छ र, २ सय ६६ जना सदस्यलाई ऋण लगानी भएको छ ।’ संस्थामा महिला सदस्यको संख्या बढि रहेको बताउदै संस्थाले सदस्य प्रोसाशन वापत सुत्केरी भत्ता दिने गरेको उनले बताए । कुनै सदस्यको मृत्य भएमा घाट खर्च वापत केही रकम दिएर सदस्यको दुख्खमा साथ दिन पाएको घर्तीले बताए । आर्थिक रुपमा कमजोर अवस्था भएका सदस्यका वालबालिकालाई छात्रवृति स्वरुप केही सहयोग गर्ने नीति बनाएको हुंदा आगामी आर्थिव वर्ष देखि लागु गरिने अध्यक्ष घर्तीले जानकारी दिए । सदस्यले आफ्नो बचत जुनसुकै समयमा पनि निकाल्न पाउने व्यवस्था रहेको समेत जानकारी दिए । संस्थामा हाल ४ जना कर्मचारीले सेवा प्रदान गर्दै आएका छन् ।

ऐरावती गाउँपालिका भित्रका १३ वटा सहकारीहरु पालिकामा दर्ता भएको सहकारी शाखा प्रमुख हरि गौतमले जानकारी दिए ।  

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्

You cannot copy content of this page