समय : ०९:३५ am | शनिबार , श्रावण १२ गते २०८१

माण्डवी महोत्सवमा कृषि प्रयोजनका लागि पाँच स्टल नि:शुल्क 

स्वर्गद्वारी अपडेट | चैत्र १३ गते २०८०

प्युठान।प्युठानको माण्डवी गाउँपालिका १ त्रिबेणी बगरमा कृषि तथा पर्यटन प्रवर्द्धनका लागि  कृषि,पर्यटन,ब्यापार तथा सांस्कृतिक मेला महोत्सव आयोजनाको लागि तिब्र तयारी रहेको आयोजकले जनाएको छ।  

त्रिबेणी सामुदायिक ग्रामिण संस्थाको आयोजनामा त्रिबेणी धामको बगरमा पहिलो पटक प्युठान माण्डवी कृषि,पर्यटन तथा सांस्कृतिक  मेला महोत्सव हुने भएको छ।

यहाँका उत्पादनको बजारीकरणमा समेत महोत्सवले टेवा पुर्याउनुको साथै माण्डवी गाउँपालिका भित्र रहेका पर्यटकस्थलहरुको प्रबर्द्धनमा टेवा पुग्ने उदेश्यले मेला आयोजना गरेको त्रिबेणी सामुदायिक ग्रामिण संस्थाको अध्यक्ष रामचन्द्र पौडेलले बताए।'यस मेला महोत्सवमा स्थानीय कृषि उत्पादनलाई प्राथमिकता दिनुको साथै कृषिको लागि पाँच स्टल नि:शुल्क दिइनेछ 'उनले भने –'महोत्सवमा माडी क्षेत्रको पुरानो माडीखोले नाँच,मारुनी नाँच,माडी खोलाकै बिभिन्न प्रकारका माछाको परिकारको स्वाद पनि पाईनेछ।' महोत्सवमा बिद्यालय स्तरीय हाजिर जवाफ, जिल्ला स्तरीय भलिवल प्रतियोगिता,हात्ती सवार,प्याराग्लाइडिङ, बोटिंङ,डान्स आइडल,विद्युतीय मेशिन कृषि औजार प्रदर्शनी,आटोमोबाईल प्रदर्शनीका साथै स्थानीय कलाकार तथा राष्ट्रिय कलाकारको बेजोड प्रस्तुति रहेको संस्थाको अध्यक्ष रामचन्द्र पौडेलले बताए।

महोत्सवका लागि करिव ५० प्रतिशत स्टलका सरसामान आइसक्नुको साथै स्टल बुकिङ्गको लागि खुल्ला भईसकेको मेला संयोजक ईमान बिष्टले जानकारी दिए। मेला चैत्र २९ गतेदेखि २०८१ बैशाख ९ गतेसम्म हुनेछ।       

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्

You cannot copy content of this page