समय : ०५:४४ am | शनिबार , श्रावण ११ गते २०८१

सरकारले निर्माण व्यवसायीको ४० अर्ब तत्काल भुक्तानी गर्छ: अर्थमन्त्री पुन

स्वर्गद्वारी अपडेट | चैत्र ४ गते २०८०

काठमाडौं।सरकारले निर्माण क्षेत्रका काम सकेर पनि भुक्तानी नपाएका ठेकेदारहरुको तत्काल ४० अर्ब रुपैयाँ भुक्तानी दिने तयारी गरेको छ।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमा बोल्दै अर्थमन्त्री वर्षमान पुनले ४० अर्ब रुपैंयाँ तत्काल निर्माण व्यवसायीका लागि भुक्तानी गर्ने बताएका हुन्।उनले भने, ‘काम गरेर बक्यौता नपाएका निर्माण व्यवसायी सबै कानूनी प्रकृया पूरागरी सम्बन्धित मन्त्रालयमार्फत आउँछन् भने तत्काल ४० अर्ब भुक्तानी गर्नेमा छौं।’ बाह्य सूचक राम्रो रहेपनि आन्तरिक बजार चलायमान हुन नसक्दा अर्थतन्त्र शिथिल बनेको स्वीकारेका मन्त्री पुनले निर्माण व्यवसायीका लागि ४० अर्ब तत्काल रकम निकासा गर्दा आन्तरिक बजारलाई त्यसले चलायमान बनाउने उनले बताए।उनले अर्थतन्त्रमा आफ्नै प्रकारका तरलता लगायतका विविध समस्याहरु आइरहने उल्लेख गर्दै नेतृत्वमा बसेकाहरु डराउन नहुने र समस्या समाधानमा लाग्नुपर्ने चर्चा गरे।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्

You cannot copy content of this page