समय : ०२:०४ pm | शनिबार , श्रावण १२ गते २०८१

साथी- तिम्रो नाम गलत संग मिल्दा त

स्वर्गद्वारी अपडेट | भाद्र २ गते २०८०

बासु अधिकारी

साथी,

तिम्रो नाम गलत संग मिल्दा त

तिमि यति छटपटाउने रहेछौ,

यति फटफटाउने रहेछौ।

तिम्रो त मेरो जस्तै

अधिकारै खोसियो भने !?

कर्मै लुटियो भने.. . !?

तिमि के गर्थ्यौ हं ???!

शायद,

अधिकार तिमिले बुझेनौकी ,

मर्यादा भनेको चिनेनौकि,

र पद्दतिको बाटो नै हिडेनौकि !?

जहाँ शक्तिको दुरुपयोग गरिन्छ नि,

त्यहाँ अर्काको अधिकार खोसिन्छ,

मर्यादा र पद्दतिमा आगो झोसिन्छ।

तिमिले बुझ्नुपर्ने हो;

मेरो लडाई

बिधिको लागि हो,

पद्दतिको लागि हो,

सभ्यताको लागि हो,

संस्कारको लागि हो,

मर्यादाको लागि हो,

अनुशासनको लागि हो,

शुसासनको लागि हो,

र न्यायको लागि हो।

तिमि संग होईन।

मलाई थाहा छ,

मेरो गल्ति यति न हो;

म चाप्लुसी गर्न जान्दिन,

म गडबडी मान्दिन,

म बदमासी हेरेर बस्न सक्दिन,

म कालोलाई सेतो देख्दिन,

म गलतलाई सहि लेख्दिन।

यहाँ इतिहास त लेखिईसक्यो,

मुल्यांकन अब तिम्ले मैले होईन

ईतिहासले गर्ने छ,

भविष्यले गर्ने छ,

हरेक समयले गर्नेछ,

दुनियाले गर्नेछ।

मलाई विश्वास छ;

सत्य मर्ने छैन, तर

न्यायको हत्यारा

हरेक पल पल मर्नेछ।

(लेखक शिक्षक पेशामा आवद्द हुनुहुन्छ )

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्

You cannot copy content of this page