समय : ०४:०१ pm | बिहिबार , असार २६ गते २०८२

आज धान दिवस मनाइँदै

धान एक बाली मात्र नभई औसत नेपालीको जीवन पद्धति पनि हो। 

स्वर्गद्वारी अपडेट | असार १५ गते २०८२

प्युठान।असार महिना ‘मानो रोपेर मुरी फलाउन’ दिन।अर्थात आज असार १५, धान दिवस।‘जलवायु मैत्री कृषि, धान उत्पादनमा वृद्धि’ भन्ने नाराका साथ २१ औँ राष्ट्रिय धान दिवस विभिन्न कार्यक्रमको आयोजना गरी मुलुकभर मनाइँदै छ। 

नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) को सिफारिसमा २०६१ साल मंसिर २९ गतेको मन्त्रिस्तरीय निर्णयबाट असार १५ गतेलाई धान दिवसका रुपमा मनाउन शुरु गरिएको हो। कृषिको परनिर्भरता कम गर्न र किसानलाई हौसला पुर्‍याउन प्रत्येक वर्ष धान दिवस मनाइँदै आएको छ । 

आजको दिनलाई दही चिउरा खाने दिनका रुपमा पनि लिइन्छ।आजको दिन दही चिउरा खानु संस्कृति नै बनेको छ।दही चिउराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ ।

धान रोपाइँ महोत्सवका अवसरमा रोपाइँ गर्ने दिन हिलो छ्यापेर पनि मनाउने गरिन्छ।कृषिप्रधान देश नेपालमा खाद्य सुरक्षाको प्रमुख आधारका रूपमा रहेको धानको उत्पादनलाई महत्व दिँदै आएका कारण सरकारले असार १५ राष्ट्रिय धान दिवसका रूपमा मनाउँदै आएको छ।

धान एक बाली मात्र नभई औसत नेपालीको जीवन पद्धति पनि हो। 

यो पनि पढ्नुहोस्