प्युठान।माण्डवी गाउँपालिकाले सहिद परिवारका सदस्यलाई बोका वितरण गरिएको छ।पालिका भित्र रहेका सहिद परिवारका ५ जना सदस्यलाई बाख्रा र बोका वितरण गरिएको हो।
माण्डवी गाउँपालिकाको २०८१/०८२ वार्षिक स्वीकृत कार्यक्रम अनुसार बाख्रा र बोका वितरण गरिएको माण्डवी गाउँपालिकाको कृषी तथा पशु शाखाले जनाएको छ।पालिकामा रहेका सहिद परिवारका सदस्य कृषकहरुलाई सानन जातका ५ वटा बोका र ७ वटा बाख्रा वितरण गरिएको माण्डवी गाउँपालिका कृषी तथा पशु शाखाका प्राबिधिक जिता कुमारी खत्रीले जानकारी दिईन।

उनका अनुसार एक लाख ४२ हजार ५ सय ६० रुपैंयाँमा खरीद गरिएको हो।जसमध्ये इन्द्रा खड्का,बाम बहादुर पुन, बिर बहादुर खत्री, बिमला रोका मगर र सरस्वती कार्कीलाई वितरण गरिएको प्राबिधिक खत्रीले बताईन।
पशुपालन गर्ने कृषकको आर्थिक अवस्था सुधार हुनुका साथै कृषकलाई हौसला प्राप्त गर्न वितरण गरिएको माण्डवी गाउँपालिकाका उपाध्यक्ष पूर्ण प्रसाद कालाथोकीले बताए।

माण्डवी गाउँपालिका भित्र १८ जना सहिद परिवार रहेपनी ५ घरपरिवारले पशुपालन गर्ने हुँदा उनीहरुलाई बोका र बाख्रा वितरण गरिएको पालिकाले जनाएको छ।