प्यूठान । प्यूठान नगरपालिका १ खैरामा रहेको माछा पोखरी सुक्दा लाखौको क्षति भएको छ । खैरा देखि सारीवाङ जोड्ने मोटरबाटो निर्माण गर्ने क्रममा सिचाई कुलोमा माटो फोलेर पानी आउन बन्द भएको थियो ।
पटक–पटक अनुरोध गर्दा समेत सिचाई कुलो सुचारु नगर्दिए पछि करिब ४ क्युटल बढि माछाहरु पोखरीमै मरेको झिमरुक मत्स्य पालन तथा एकीकृत कृषि फर्म सञ्चालन भोज बहादुर बस्नेतले बताए । ‘फागुन २ गते देखि सिचाई कुलो बन्द भएको थियो ।’ बस्नेतले भने–‘बाटो निर्माण गर्ने ठेकेदार, कुलोको उपभोक्ता समिति, सडक डिभिजन कार्यालय लगायतका धेरै ठाउँमा निवेदन सहित पुगे तर, कतैबाट पनि मेरो गुनासोको सुनुवाई भएन ।’ पछिल्लो एक हप्ता देखि माछा मर्न थालेको उनले बताए । चार वटा माछा पोखरी सुकेर माछाहरु मरिसकेको हुंदा चार लाख बढिको क्षेति भएको उनले बताउछन । बस्नेतले किलोको चार सय पचास देखि पाँच सय पचास सम्म माछाहरु विक्रि गर्दै आएका थिए । दुइवटा पोखरीमा जेततेन पानीको जोहो गरेर अहिलेसम्म माछालाई जिवित राखेको बताउदै अझै केही दिन सिचाई कुलो सुचारु नभएमा माछाको विउ समेत बचाउन नसक्ने उनी बताउछन् । वडा कार्यालयले एक महिना कुलो बन्द भनि सुचना टाँसेको थियो । यदि वडा कार्यालयले टाँसेको सुचना अनुसार नै सिचाई कुलो सुचारु भएको भए कुनै प्रकारको क्षति नहुने उनको भनाइ छ ।
हाल ५६ रोपनी जग्गा भाडामा लिएर व्यवसाय सञ्चालन गर्दै आएको बस्नेतले बताए । विशेषगरी माछा पालनलाई प्राथमिकतामा राखेका हुंदा ४२ रोपनी जमिनमा माछा पोखरी बनाएको उनले सुनाउछन् ।
किसानले बैकल्पिक बाटो नरोज्दा क्षति भएको बाटो निर्माण व्यवस्थापन समितिका अध्यक्ष जगत पोखरेलले बताए । वडा कार्यालयले सुचना टाँसेर एक महिनाका लागि कुलो बन्द हुने जानकारी गराएकोे बताउदै किसानले पनि बैकल्पिक बाटो रोजेको भए उचित हुने बताउछन । करिब १४ वर्ष अघि देखि बाटो निर्माण योजनाको लागि पहल गरेपनि चालु आर्थिक वर्षमा बाटो निर्माण गर्न थालिएको उनको भनाइ छ ।
उक्त योजनाको काम इन्सिका कन्ट्रक्सन प्रा.लि.ले २०८२ जेठ मसान्त भित्र सम्पन्न गर्ने गरि सडक डिभिजनसंग सम्झौता गरेको प्रा.लि. का सञ्चालक चिन्त बहादुर केसीले बताए । फागुनको दुइ गते देखि बाटो खन्न सुरुवात गरेको बताउदै माछा पोखरीमा यहि कुलो चल्छ भन्ने थाहा नभएको उनी बताउछन् । चैत्र मसान्त भित्रै सिचाई कुलो सुचारु गरिने ठेकेदार उनको भनाइ छ।
