समय : ०३:४१ am | सोमबार , वैशाख ७ गते २०८२

माण्डवीमा निःशुल्क पशु स्वास्थ्य शिविरमा २५ सय बढी पशुको उपचार

स्वर्गद्वारी अपडेट | चैत्र ७ गते २०८१

प्युठान।माण्डवी गाउँपालिका –४ उदयपुरकोटमा एक दिने निःशुल्क पशु स्वास्थ्य शिविर सम्पन्न भएको छ।माण्डवी गाउँपालिकाका पशु सेवा शाखाको सहयोगमा सञ्चालन गरिएको शिविरमा २५ सयभन्दा बढी पशुको उपचार गरिएको हो ।

बुधबार शिविरमा १ सय २६ कृषकका १९ सय ६४ बाख्रा, २७ भैसि, १ सय ७२ गाईगोरु ६ सय २२ कुखुरा र १३ बङ्गुर गरि जम्मा २५ सय ९८ पशु चौपायालाई उपचार तथा औषधि वितरण गरिएको पशु सेवा शाखा प्रमुख जीता कुमारी खत्रीले जानकारी दिईन।

शिविरमा आन्तरिक तथा बाह्य परजीवी नियन्त्रण सम्बन्धी,बोका बन्ध्याकरण  लगायतका विभिन्न रोगहरुको ८ प्रकारका  उपचार तथा औषधि निःशुल्क वितरण गरिएको खत्रीले बताईन्।

माण्डवी गाउँपालिका वडा– ४ का वडाध्यक्ष डिल बहादुर घर्तिको अध्यक्षता तथा माण्डवी गाउँपालिकाका अध्यक्ष  नमराज अधिकारीको प्रमुख आतिथ्यतामा स्थानीयहरुको उपस्थितिमा पशु शिविर कार्यक्रम सम्पन्न भएको थियो।उक्त कार्यक्रमको संचालक कौशल अधिकारीले गरेका थिए। 

 

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्