समय : ११:२९ am | आइतबार , चैत्र ३ गते २०८१

‘जनयुद्ध’ लडेका पाण्डे कृषि पेशामा रमाउँदै  

राधिका भुषाल | फागुन १८ गते २०८१

प्युठान।बन्दुकको समिश्रणबाट मात्र क्रान्ति सफल हुन्छ भन्ने मान्यताका बोकेका हुमलाल यतिबेला कृषि पेशामा रमाउदै छन्। तत्कालीन नेकपा माओवादीको सशस्त्र जनयुद्ध रोजेका ऐरावती  गाउँपालिका–६ दमारका ६३ वर्षीय हुमलाल पाण्डे यतिबेला  राजनीतिमा निष्क्रिय  हुँदै व्यवसायिक कृषि पेशामा सक्रिय छन्।अर्घाखाँचीको खिल्जी बाट केराका बेर्ना खरिद गरि केराखेती सुरु गरेका हुन्।  

हिजोआज उनले आफ्नैं २० रोपनी  जमिनमा व्यवसायिक कृषि खेति गरेका हुन्।  १३ रोपनी जमिनमा केराखेति गरेका छन् भने ७ रोपनीमा कागती लगाएका छन्।केराखेतीमा राम्रो सम्भावना देख्दै छ वर्षदेखि व्यवसायिक रुपमा केराखेती सुरु गरेको उनले बताए।सुरुवाती चरणमा ३ लाख लगानी गरी केराखेती सुरु गरेको थिए ।उनले भने, ‘  अहिले केराको घरि र बेर्ना बिक्री गरि वार्षिक ५ लाख जति आम्दानी गर्न थालेको छु।’ ६३ वर्ष पाण्डेले उर्जाशील उमेर जति जनयुद्धमा खेर फालेको बताउदै यो उमेरमा पनि निकै मेहनत गरि कृषि पेशालाई सफल बनाएको उनले बताए।पाण्डेले गत वर्ष देखी ७ रोपनीमा कागती रोपेका छन्।केराखेतिबाट राम्रो आम्दानी हुन् थालेपछी अझै १ रोपनी जमिनमा केरा लगाउने योजना बनाएको उनले सुनाए।चार वर्ष अघी पाण्डे फलफुल फर्म दर्ता गरि  निर्वाहमुखी कृषि अन्त्य गरि व्यवसायिक कृषि कर्म गरेको उनले बताए।

सोहि वडाको बैरेनी स्थित १७ रोपनी जमिन खरिद गरेको उनले बताए।उनले भने, ‘माटो परिक्षण गरि उत्पादन हुने खालका फलफुल तथा तरकारी खेति गर्ने योजना बनाएको छु।’यस संगै व्यवसायिक रुपमा बयर जातका बोका, उन्नत जातका माछा,लोकल कुखुरा लगायतका पशुपन्छी पाल्ने उनी सुनाउछन।      

बजारीकरणको लागि हालसम्म खासै समस्या नभएको बताउंदै छिमेकी जिल्ला  अर्घाखाँचीको सन्धिखर्क,बरौला,बिजुवार लागाएतका क्षेत्रमा उत्पादित बस्तु पठाउने गरेको उनको भनाई छ।‘युवाहरुलाई विदेश पलाएन रोक्नको लागि राज्यले राम्रो योजना बनाउन पर्यो।’उनले भने, ‘अर्कोको देशमा गएर गुलाम बन्नु भन्दा आफ्नै माटोमा मन लगाएर काम गर्ने हो भने यहाँ पनि राम्रो जीवनयापन गर्न सकिन्छ।’

राज्यले १२ पास गर्ना साथ कुनै न कुनै पेशामा जोड्न सक्ने हो भने यहाँको खेतीयोग्य जमिन बाँझो पनि रहने थिएन र युवाहरु विदेश पलाएन हुनबाट रोकिने थिए।आफुले यो उमेरमा पनि काम गरेपछी दाम कमाउन सकिन्छ भन्ने सन्देश दिएको बताउछन्।उनको केराखेती पालिकाका कै ठुलो भएको समेत दावी गरे। कृषि तथा पशुपन्छी कार्यालय खलंगाबाट १ लाख र ऐरावती गाउँपालिकाबाट २ लाख गरि ३ लाख रुपैंया अनुदान सहयोग पाएको उनले सुनाए।     

२०५३ सालमा माओवादी प्रवेश गरि १० वर्षे जनयुद्ध लडेका पाण्डे २६ वर्ष सम्म घरै छोडेर राजनीतिमा होमिएका थिए।२०७४ सालको स्थानीय निर्वाचनमा नेतृत्वका लागि उचित स्थान नपाएपछी तन,मन र धन कृषि पेशामा लगाएको उनि बताउछन।अवको बाँकी जीवनलाई कृषिमा थप विस्तार गर्दै सफल र उदाहरणको रुपमा आफुलाई चिनाउने उनको लक्ष्य छ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्