समय : ०३:४२ pm | सोमबार , माघ २८ गते २०८१

दैनिक ४० लिटर दुध उत्पादन गर्दै कृषक खिमा

राधिका भुषाल | माघ ५ गते २०८१

प्यूठान । प्यूठान नगरपालिका ७ टिकुरी निवासी खिमा केसीले ५ वटा हरियाना जातको मुर्रा भैसी पालेकी छिन् । दैनिक ४० लिटर दुध उत्पादन गर्ने उनले ३५ लिटर दुध विक्रीका लागि लैजाने गरेको बताउछिन् । प्रगति कृषि तथा पशुपंक्षी फर्म सञ्चालनका लागि भौतिक संरचना, मेसिनरी सामान र भैसी खरिद गर्दा करिब १५ लाख लगानी लागेको उनले बताइन । “श्रीमानको जागिरले मात्र घरखर्च धान्न धौ भएको थियो–” खिमाले भनिन्–“भैसी पाल्न थाले पछि आम्दानी बढ्नुका साथै मेरो दैनिकी पनि व्यस्त रहेको छ ।” सुरुवातमा १ लाख ३० हजारमा एउटा भैसीले लिएको बताउदै त्यसपछि २–२ वटा गरी जम्मा ५ वटा भैसी खरिद गरेको उनले बताइन ।

उमेरले ३३ पुगेकी उनी दुइ छोरा र एक छोरी गरी तीन सन्तानकी आमा हुन । कक्षा १२ सम्मको अध्ययन गरेकी उनीले रोजगारी भन्दा व्यवस्थित तरीकाले व्यवसाय गर्न उचित हुने बताछिन् । उनले तीन जना विद्यार्थीलाई आफ्नै घरमा आश्रय दिएकी छिन् । कक्षा ११ मा अध्ययनरत चेतमान गिरी, कक्षा १२ मा अध्ययनरत कमला के.एम. र क्याम्पस पढ्दै गरेकी पुष्पा के.एम. ले बिहानसाँझ काममा सघाउने गरेको र आफुले भने घरजाँदा पैसा दिने, अध्ययन खर्च, लत्ताकपडा र खानेबस्ने व्यवस्था गरिदिदै आएको के.सीले बताइन । “अब वर्षातको समयमा २ वटा भैसी थप्ने योजना बनाएका छौं ।” उनले भनिन्–“श्रीमानले जागिरबाट अवकास पाएपछि अझै व्यवस्थित गर्दै भैसी पालन गर्ने हो ।” घरमा श्रीमान सासुआमा र घरमा बस्ने भाइबहिनीको राम्रो सहयोग पाएकोले व्यवसाय गर्ने उर्जा थपिएको उनले बताइन ।  प्यूठान नगरपालिका पुश विकास शाखाबाट  प्राविधिक सहयोग पनि पाउदै आएको उनको भनाइ छ ।  

दुधमा अनुदान दिने भएपछि अहिले बाग्दुलामा रहेको झिमरुक पशुपंक्षी तथा मत्स्य सहकारीमा दुध बिक्रीका लागि लैजान थालेको केसीले बताउछिन् । “कृषकलाई हेपाहा शैलीले हेर्नुेहरुले नै कृषकले उब्जाएको खाएर बाँचिरहेको छन् ।” केसीले भनिन– “यदि सबैले कृषी पेशालाई सम्मानजनक स्थान दिने हो भने धेरै व्यक्तिले बैदेशिक रोजगारी भन्दै देश छोड्ने थिएनन होला ।”  प्लाष्टिकमा घरमै प्याकिङ गरेर दुध विक्रीका लागि पु¥याउने गरेको समेत उनले बताइन ।   

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्