समय : ०६:०९ am | आइतबार , पौष २१ गते २०८१

वडाले जग्गा भाडामा लिएर खेती सुरु गर्यो   

स्वर्गद्वारी अपडेट | पौष १६ गते २०८१

प्युठान।माण्डवी गाउँपालिका ३ वडा कार्यालयले जग्गा भाडामा लिई खेति सुरु गरेको छ।वडा कार्यालयले आफ्नै कृषि उत्पादन केन्द्र बनाउन साढे ३ रोपनी जग्गामा कृषि व्यवसाय गर्ने भएको हो ।

बार्षिक १२ हजारको दरले साढे ३ रोपनी जग्गा भाडामा लिई नगदेबाली अन्तर्गतको आलु र प्याजको बिउ लगाएको सोहि वडाका वडाध्यक्ष धनेन्द्र कार्कीले बताए।वडा नम्बर ३ मा रहेका हरेक बाँझो जग्गाको उपयोग गरी कृषिमा आत्मनिर्भर बनाउन यो कार्यक्रम सञ्चालन गरिएको वडाध्यक्ष कार्कीको भनाई छ।

पहिलो चरणमा नयाँगाउँमा साढे ३ रोपनी जग्गा १ वर्षका लागि भाडामा लिएर काम  सुरु गरिसकेका छौं।  उनले भने-‘उक्त जग्गामा आलु र प्याज खेती गर्ने र किसानलाई नमुना फार्मका रूपमा देखाउने लक्ष्य उनले सुनाए।’हामीले आफ्नो उत्पादन केन्द्र देखाएर अन्य किसानलाई पनि प्रेरित गर्ने भनेका छौं त्यसका लागि थप जग्गाको खोजीमा लागेका वडाध्यक्ष कार्कीको भनाई छ।   

मंगलबार देखी सुरु गरिएको कृषि फर्ममा वडा अध्यक्ष,वडा सदस्य र कृषि प्राविधिकको टिम सहितले श्रमदान गरेको थियो।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्