समय : १०:०६ am | शनिबार , श्रावण १२ गते २०८१

माण्डवीका किसानलाई उत्पादनमा आधारित अनुदान

राधिका भुषाल | माघ १४ गते २०८०

प्यूठान । नेपाल सरकारले दिने अनुदान रकमलाई प्रभावकारी बनाउने उदेश्यले स्थानीय सरकारले उत्पादनमा आधारित अनुदान कार्यक्रम अघि सारेको छ ।

सोही अनुसार माण्डवी गाउँपालिकाले दुध उत्पादन तथा खसीबोका तथा पाठापाठी विक्री गर्ने किसानलाई उत्पादनमा आधारित अनुदान दिने भएको हो । चालु आर्थिक वर्ष देखि लागु हुने गरि अनुदान दिन थालेको माण्डवी गाउँपालिका कृषि शाखा प्रमुख सनत खत्रीले बताए ।

मासिक १ सय ५० लिटरसम्म दुध विक्री वितरण गरेमा प्रति लिटर ५ रुपैया र १ सय ५० भन्दा बढि विक्री वितरण गरेमा प्रतिलिटर १० रुपैया र खसीबोका तथा पाठापाठीमा प्रति गोटा १ सय रुपैयाका दरले अनुदान दिने शाखा प्रमुख खत्रीले जानकारी दिए ।

 ‘पहिले नै अनुदान दिनु भन्दा उत्पादन पश्चात अनुदान दिदाँ साच्चिकै कृषि कर्ममा लागेका  किसानलाई राहत हुनेछ’– प्रमुख प्रशासकीय अधिकृत प्रकाश पाण्डेले भने–‘यो कार्यक्रमले हाम्रो गाउँपालिकालाई आत्मनिर्भर बनाउन सहयोग गर्नेछ ।’ गाउँपालिका भित्रका रहेका किसानहरुलाई  सहयोग पुग्नुका साथै कृषि जन्यबस्तु उत्पादनमा बृद्धि हुने विश्वास लिएका उनले बताए ।

साथै प्यूठान नगरपालिकाले पनि उत्पादनमा आधारित अनुदान कार्यक्रम अघि सारेको छ । दुध उत्पादनमा प्रतिलिटर १० रुपैया अनुदान दिन थालेपछि किसानलाई राहत पुग्नुका साथै दुध उत्पादन तथा विक्री वितरणमा बृद्धि भएको  प्यूठान नगरपालिकाका नगरप्रमुख विष्णु बहादुर योगीले बताए ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्

You cannot copy content of this page