प्युठान।जापान सरकारले प्युठानमा बेसार प्रशोधन केन्द्र निर्माण गरी मंगलबार प्युठान नगरपालिकालाई हस्तान्तरण गरेको छ।
प्युठान नगरपालिका -८ गेजवाङमा १ करोड नेपाली रुपैयाँ बराबरको मेसिनरी सामाग्री सहित भौतिक संरचना निर्माण गरी नगरपालिकालाई हस्तान्तरण गरेको हो।जापान सरकारको ग्रासरुट्स ह्युमन सेक्युरिटी प्रोजेक्ट अन्तर्गत रहेको परियोजनामा रहेको प्युठान नगरपालिकाका नगर प्रमुख बिष्णु योगीले जानकारी दिए।

उक्त मेसिनको उत्पादन क्षमताको १ घण्टामा १ सय के.जी सम्म बेसारको पाउडर बनाऊन सक्ने निवर्तमान वडा अध्यक्ष लिलाप सिंह के.सीले बताए।"यो परियोजना हाम्रो वडामा ल्याउनको लागी मैले पहल गरेको हुँ।"वडा अध्यक्ष के.सीले भने त्यो समयमा आफ्नै ठाउँमा संचलान गर्न पर्छ भनेर यही ठाउँलाई नै छनोट गरिएको हो।" करिव ५ सय ५० घर धुरीले हलेदो उत्पादन गरेको बताउदै अब मेसिन संचालनमा आए संगै बेसार उत्पादन संख्या अझै बृद्दी हुने उनको भनाई छ।

बेसारको बजारीकरण गर्न नसक्दा नेपाली किसानले मनग्ये आम्दानी गर्न सकिरहेका छैनन्।परियोजनाले बेसार उत्पादनको मात्रा बढाउनुका साथै जिल्लाका किसानको जीविकोपार्जनमा सुधार ल्याउने विश्वास लिएको जापानी राजदूत किकुता युटुकाले बताए।
