समय : ०९:०६ am | शनिबार , श्रावण १२ गते २०८१

प्युठानमा भुपु प्रहरी कर्मचारीहरुको लागी कृषि सम्बन्धि स्थलगत तालिम

सन्तोष सुनार | कार्तिक १७ गते २०८०


कार्तिक १७ गते,

प्युठान । जिल्लामा पुर्व प्रहरी कर्मचारीहरुको लागी कृषि सम्बन्धि स्थलगत तालिम गरिएको छ ।

शुक्रवार हर प्रहर गाउँ र नगरी टोल टोलमा नेपाल प्रहरी मुल नाराको साथ जिल्ला प्रहरी कार्यालय प्युठानको आयोजना र प्रधानमन्त्रि कृषि आधुनिकरण परियोजना , परियोजना कार्यान्वयन एकाइ प्युठान र एकिकृत कृषि तथा पशुपंछि विकास कार्यालयको सहयोग तथा समन्वयमा जिल्लामा रहेका पुर्व प्रहरी कर्मचारीहरुलाई कृषि सम्बन्धि स्थलगत तालिम प्युठान नगरपालिका २ को वडा कार्यालय दाखाक्वाडीमा तालिम दिएको हो । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख प्रहरी नायव उपरीक्षक ईश्वर बहादुर थापाले विगतमा नेपाल प्रहरीको विभिन्न दर्जामा रहेर काम गरी अवकास भएका पुर्व प्रहरीहरु वर्तमान अवस्थामा के कसरी जिवन चलाई रहेका र केही गर्न चाहनेहरुलाई उदेश्यका साथ जिल्लामा पहिलो पटक यो कार्यक्रम गरिएको जानकारी गराउनु भएको थियो । जिवनमा खाली समयलाई सदुपयेग गर्न जसरी विगतमा हामी देशको रक्षा तथा जागीरमा मिहिनत गरेका थियौँ त्यसरी नै यो खाली समयमा घर परिवारको साथमा कृषि तथा अन्य व्यवसायमा लागौ भने जीवनमा उर्जा र व्यवस्थापनमा राम्रो हुने समेत थापाले बताउनु भएको थियो ।खाली समय हुदा विकृति , विसङ्गति र नगरातत्मक पक्षतिर जिवन जाने हुदा आफुलाई व्यस्त राख्दा राम्रो र सरल हुने मार्ग रहेको थापाले धाराण राख्नु भएको थियो । साथै उहाँले जिल्लामा आत्म हत्या बढ्दो क्रममा रहेको हुदा यसलाई रोक्न सबैले आ–आफ्नो ठाउँबाट सहयोग र साथ दिन आग्रह गर्नु भएको थियो । समाजमा यदि अपराध तथा अन्याय गरिरहेको छ भने सिधै १०० मा कल गर्न जानकारी गराउनु भएको हो ।

त्यस्तै कार्यक्रममा प्रधानमन्त्रि कृषि आधुनिकरण परियोजना परियोजना कार्यान्वयन इकाई कार्यालय प्युठानका प्रमुख चुमान सिंह गिरीले प्युठान जिल्लामा रहेका प्रत्येक प्रहरीको कार्यालयमा खाली जमिनमा कृषि खेति गर्न सकिने र खान तथा आफुलाई आवश्यक वस्तुहरु सहज हुने बताउनु भएको थियो । यस जिल्लामा खाली रहेका जमिनको सदुपयोग गरी कृषकलाई आत्म निर्भर बनाउने आफ्नो कार्यालयको मुख्य उदेश्य रहेको बताउनुएको थियो । सुरुमा कृषि सम्बिन्धि खेति ४०० रोपनी जग्गाबाट सुरु गरेको अहिले सदुपयोग गरेर १६५० रोपनी जग्गामा खेति गरिरहेको उल्लेख गर्नु भएको छ । पुर्व प्रहरी कर्मचारीलाई मादक पदार्थ तथा धुम्रपान खाएर जिवनलाई नकरात्मक पक्षतिर लाग्न भन्दा आफ्नो गाउँघरतिर खालिरहेको जमिनलाई सदुपयोग गरी विभिन्न कुषि सम्बन्धि खेति गर्न तथा उत्पादन गर्दा बिउ देखी प्राविधिक र रोगहरुबाट बचाउन चाहिने औषधीहरु उपलब्ध गराउने भनाइ समेत गिरीले राख्नु भएको थियो । खेति गर्न चाहने र खाली भएका जमिन छ भने त्यसको परिक्षण गरी उत्पादन हुन सक्ने कफि , रातो मुला ,चैतेधान तथा विभिन्न तरकारी खेति गर्दा अनुदानहरु प्रधान गरिरहेको र गर्ने बताउनु भएको थियो ।

त्यस्तै कार्यक्रममा एकिकृत कृषि तथा पशुपंछि विकास कार्यलयका प्रमुख उमेश चन्द्र श्रेष्ठले तरकारी खेति तथा पशु सम्बन्धि व्यवसाय गर्ने सम्बन्धि विस्तृत रुपमा जानकारी गराउनु भएको थियो । कुनै पनि व्यवसाय गर्दा फर्म खोलौँ र दर्ता गर्न आग्रह गर्नु भएको थियो । फर्म दर्ता गर्दा अनुदान पाउने तथा व्यवसायले सहयोग मिल्ने जस्ता कार्यहरुमा सहज हुने बताउनु भएको थियो ।

कुनै व्यवसायमा जोडिदा आफ्नो स्वास्थ्य पनि स्वस्थ हुने खालि समयको सदुपयोग हुने जिवन सहज र सरल तरिकाले जिवनयापन हुने नेपाल पत्रकार महासंघ प्युठानका अध्यक्ष संजय रिजालले बताउनुभएको थियो । काम गर्दा परिवारका सदस्यहरुले पनि सोहि अनुसार चल्ने हुदा पारिवारीकको जिवनशैली राम्रो हुने अध्यक्ष रिजालले बताउनु भएको थियो ।प्युठान नगरपालिकामा १३२ जना पुर्व प्रहरी कर्मचारीहरु रहेका छन भने जिल्लामा १८८ जना रहेका छन । पुर्व प्रहरी कर्मचारी तथा वडाअध्यक्ष मोहोन सिंह बिष्टको अध्यक्षतामा भएको कार्यक्रममा जिल्लामा रहेका नेपाल प्रहरीका विभिन्न दर्जाहरुका पुर्व कर्मचारीहरु ,नेपाल पत्रकार महासंघ प्युठानको सहसचिव राम बहादुर विश्वकर्मा , सन्तोष सुनार , प्रहरीहरुको उपस्थित रहेको थियो भने कार्यक्रमको सञ्चालन प्रहरी निरीक्षक सागर भुषालले गर्नु भएको हो ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्

You cannot copy content of this page