समय : ०९:४१ am | शनिबार , श्रावण १२ गते २०८१

गौमुखीमा फापर खेति गर्दै

राधिका भुषाल | असाेज ११ गते २०८०

 ११ असोज ,प्युठान।प्युठानमा केही वर्ष यता लोप हुँदै गएको फापर खेतीलाई गौमुखी गाउँपालिकाका किसानहरुले यति बेला फापर उत्पादन जुटेका छन्।यसै सिजनमा मुस्ताङ जिल्ला बाट करिव ७० पाथी फापरको बिउ खरिद गरी फापर छरेका हुन्।

छोटो समयमा उत्पादन दिने र नगदेबीलीको रुपमा पनि प्रयोग गर्न सकिने भएकोले पहिलो पटक मिठे जातको  फापर खेती सुरु गरेको कृषक किशोर रानाले बताए।उनले भने–'प्रदेश सरकारले गाउँपालिकसँग समन्वय गरी चार बर्षे स्मार्ट कृषि कार्यक्रम अन्तर्गत यो अन्तिम वर्ष करिव ७५ रोपनीमा फापर खेती सुरु गरेका छौ।" ७० पाथी फापरको बिउ लागेको छ यसलाई तिन गुणा बढी उत्पादन गर्ने लक्ष्य रहेको छ।६० घर धुरी लाई दुई कलस्टरमा बिभाजन गरी ३४ घर धुरीले फापर र बाकींले कोदो र केराउ खेती गरेको कृषक रानाले बताए।

गौमुखीको उच्च पहाडी क्षेत्रहरुमा मिठे जातको फापर खेतीको पहिलो अभ्यास गरेको गौमुखी गाउँपालिकाको उपाध्यक्ष महाविर रानाले बताए। ´कोदो, फापर र भटमास जस्ता नगदे बालिहरुलाई प्रवर्धन गर्ने कार्यक्रम छ ।´ उपाध्यक्ष रानाले भने–"कोदो प्राय सबै कृषकहरुले खेति गरेका छन फापर भने यहि सिजनबाट सुरुवात गरेका छौ,आगामी सिजनमा सय हेक्टर जमिनमा फापर खेती गर्ने लक्ष्य छ।" स्मार्ट कृषि गाउँ कार्यक्रमको लागी चालिस लाख बजेट छुट्याएका छौ त्यसै बाट खर्च गरिने उपाध्यक्ष रानाले बताए । 

विशेषगरी सहर बजारमा सुगर र युरिक एसिडका रोगीहरु धेरै भएकाले मिठे फापरको माग धेरै हुने गरेको अगुवा कृषकहरुले डोर बहादुर पुनले बताए छन्।फापर रुखो डाँडापाखा, पानी, मलको अभावमा पनि सजिलै उत्पादन गर्न सकिने किसानहरुले बताएका छन्।फापरलाई विभिन्न औषधीका रुपमा समेत प्रयोग गर्न सकिने जानकारहरु बताउँछन्।

प्रोटिनयुक्त फापरको पिठोमा रगतमा कोलेस्टेरोल घटाउने र पित्तको पत्थरी हुनबाट बचाउने र यसको सेवनबाट मोटोपन पनि कम हुने चिकित्सकले बताएका छन् ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्

You cannot copy content of this page