समय : ११:२२ am | बुधबार , असाेज ३० गते २०८१

गौमुखीमा एकघर एक करेसाबारी अभियान

राधिका भुषाल | भाद्र १८ गते २०८०

प्यूठान । गौमुखी गाउँपालिका प्यूठानले कृषि क्षेत्रलाई विशेष महत्व दिदै एकघर एक करेसावारी अभियान थालेको छ ।

तरकारीजन्य बस्तुहरुमा आफुलाई आत्मनिर्भर बनाउने उदेश्यले एकघर एक करेसावारी अभियान थालिएको हो ।
आर्थिक वर्ष २०८०/०८१ मा कृषि क्षेत्रमा १ करोड बजेट विनियोजन गरि कृषिजन्य बस्तु उत्पादनमा लागेको गौमुखी गाउँपालिका उपाध्यक्ष महावीर रानाले बताए । ‘तरकारीजन्य बस्तु आयातलाई रोक्नको लागि पहिले उत्पादन गर्नु पर्छ ।’ उपाध्यक्ष रानाले भने–‘यसैवर्ष देखि हाम्रो पालिकालाई तरकारीमा आत्मनिर्भर बनाउदै छौं ।’ कृषि समुह र सहकारीहरुले नर्सरी बनाइ विउ विजन तथा बेर्ना उत्पादन गर्ने रानाले बताए । पालिका भित्र रहेका ५१ वटा आमा समुह, महिला सञ्जाल, महिला समुह लगायतको सहयोगमा प्रत्यकको घर घरमा करेसा बारी बनाइ तरकारी खेती गर्न थालिएको उनले बताए ।

यतिवेला ५ हजार ६ सय घरधुरी रहेको गौमुखी गाउँपालिकाले सबैको घरमा तरकारी विउविजन तथा बेर्नाहरु पुर्याएको उपाध्यक्ष रानाको भनाइ छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्