समय : ०१:१९ am | सोमबार , मंसिर २३ गते २०८१

ऐरावतीमा चैते धान भित्र्याउने तयारी

राधिका भुषाल | श्रावण २ गते २०८०

साउन २ प्युठान।देशभरका विभिन्न ठाउँमा असारे धान रोपाइँ सुरु भइसक्दा प्युठानका केही फाँटमा भने किसानहरूले चैते धान भित्र्याउने तयारीमा जुटेका छन।

चैते धान खेतमा पाक्न थालेसँगै किसान अब भित्र्याउने तयारीमा जुटेको ऐरावती गाउँपालिका-५ हरियाटारीका किसान दिपक राउतले बताए । राउतले भने, ‘चैतको पहिलो सातातिर बिउ राखेर बैशाखमा रोपेको धान पाक्न थालिसकेको छ, अब एक साता  भित्र उक्त धान भित्र्याउने हो" उनले भने- "हल्दिनाथ -१ जातको धान रोपेको र यो धान भित्र्याई सकेपछी साउनको पहिलो साता हल्दिनाथ -३ जातको धान खेतमा रोप्ने किसान राउतले बताए।बेमौसमी खेती अर्थात तिन खेती अभ्यास गरेको बताउदै धान उत्पादनमा वृद्धि गर्न सफल भएकोमा खुसी ब्यक्त गरे।   

पाँच रोपनी जग्गामा चैते धानखेती सुरु गरेका राउतले यसवर्ष लामो समयसम्म खडेरी परे पनि धानमा कुनै रोग नदेखिएको र बाला पनि राम्रै लागेकाले उत्पादन बढ्ने आशा रहेको बताए।उनले भने, ‘नजिकको स्थानीय सरकार हुँदा बेलाबेलामा अनुगमन र कृषकहरुलाई बिउ पल,विषादी औषधि जस्ता सहयोग गर्ने हो भने हामी किसानहरुलाई राहत हुने बताए।’ साथै सोही फाँटमा करिव ३० रोपनीमा जमिनमा कहर सिंह राउत, चन्द्र बहादुर राउत, मुक्त बहादुर राउत, भोज बहादुर राउत लगाएतले चैतेधान भित्र्याउने तयारीमा छन्।    

विगतका वर्षभन्दा यस वर्ष चैते धान राम्रो रहेको गोठिबाङका किसान दुर्ग बहादुर थापाले बताए।उनले भने –"मेरो खेत संगै पक्कि पुल बनाउँदाखेरि खेतमा आउने सबै पानी पुरिदिएको थियो ,अब सबै धान नास हुने भयो भनेर चिन्तामा थियौ,तर अन्तिम समयमा सिँचाई भयो यतिबेला राम हेर्ने जस्तो धानको बाला झुलेको थापाको भनाई छ ।"

प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना ईकाई प्युठानका प्रमुख चुमान गिरीका अनुसार जिल्लाका विभिन्न स्थानमा करिब २२ सय रोपनीमा चैते धानखेती गरिएको छ।जोन कार्यालय प्युठानले ढाई बर्ष देखि सुरु गर्दा ४०० रोपनी बाट सुरु गरेको हाल १६ सय रोपनीमा उब्जिएको प्रमुख गिरीले बताए।उनी भन्छन –"कुनै किसानले चैते धानका लागी आवस्यक मेसिनरी सामान, बिउ पल, सिँचाई र मल किसानलाई कार्यालय बाट  उपलब्ध गराउने छ।" प्युठानमा पछिल्लो समय चैते धान उत्पादनमा किसानहरुको  आकर्षण देख्दा आफुलाई निकै खुशी लागेको प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना ईकाई प्युठानका प्रमुख गिरीले बताए।     

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्