समय : ०६:१० pm | शुक्रबार , चैत्र ६ गते २०८२

बालविवाह न्यूनीकरण सम्बन्धि सडक नाटक सोमबार बागेश्वरी मा।वि तिघ्रा रम्दी र नेराआवि जुजनेटा रम्दीमा सप्पन्न

स्वर्गद्वारी अपडेट | माघ २४ गते २०७९
स्वगद्वारी अपडेट प्यूठान । माण्डवी गाउँपालिका प्युठानको आयोजनामा सनिवार देखि सुरु भयको बालविवाह न्यूनीकरण सम्बन्धि सडक नाटक हिजो सोमबार बागेश्वरी मा।वि तिघ्रा रम्दी र नेराआवि जुजनेटा रम्दीमा पस्तुत गरि सप्पन्न भयको छ । राष्ट्रिय कलाकार शुरविर पण्डित ९दारी बा०,कलाकारहरू सुरेस असिम,दिपिका थापा,रोहनी लामाले प्रस्तुती गर्नु भएको नाटकको सहजीकरण कार्यक्रम निर्देशन विष्णु गैरेले गर्नु भएको थियो । नाटकमा माण्डवी गाउँपालिका अध्यक्ष नमराज अधिकारी(रोसन,प्रमुख प्रशासकीय अधिकृत प्रकाश पाण्डे,५ नं वडा अध्यक्ष दुर्गा प्रसाद आचार्य ,गाउपालिका प्रबक्ता जितामित्र सुनार,स्थानीय जनप्रतिनिधि, कर्मचारी,शिक्षक, बिद्यार्थी र ठुलो सख्यामा स्थानीयहरुको उपस्थिति रहेको थियो । नाटकमा बालविवाह गर्दा सामाजमा भएको प्रभाव ,धूम्रपान ,मध्यपान,र लागुऔसध दुर्बेसेनिले गर्दा समाजमा पारेको असरलाई चित्रण गरि नाटक प्रस्तुति गरिएको थियो। नाटक प्रस्तुति कार्यक्रममा गाउँपालिका अध्यक्ष नमराज अधिकारी(रोसनले बानी परिवर्तन गरेपछि समाज परिवर्तन हुने भन्दै समाजमा भएका विकृती,बिसङगति हटाउनको लागि यो नाटकको महत्त्वपूर्ण भुमिका रहने बताउनु भयको थियो । सनिबार देखि संचालन भएको अभियानमा रहेका कलाकारलाई गाउँपालिका अध्यक्षले प्रशसा पत्र दिई बिदाइ गर्नु भएको थियो ।

यो पनि पढ्नुहोस्