समय : ०६:१० pm | शुक्रबार , चैत्र ६ गते २०८२

 प्युठानमा अनुमति विना संचालनमा रहेको स्वास्थ्य क्लिनिक बन्द

स्वर्गद्वारी अपडेट | माघ २३ गते २०७९
स्वर्गद्वारी अपडेट ,प्युठान l इलाका प्रशासन कार्यालय जसपुर,घरेलु तथा साना उद्योग कार्यालय प्युठान, करदाता सेवा कार्यालय जसपुरको संयुक्त टोलीले सोमबार अनुगमन गरेको छ। स्वर्गद्वारी नगरपालिकाको धरमपानी बजारमा सोमबार  अनुगमन गरिएको  छ।  अनुगमनको क्रममा अनुमति विना संचालनमा रहेको एउटा  स्वास्थ्य क्लिनिकको फार्मेसी बन्द गरिएको छ । धरमपानी बजारमा २० वटा र भिङग्री बजारमा २ वटा गरि कुल २२ वटा फर्महरुको अनुगमन गरेको थियो। धरमपानी बजारमा अधिकांश पसलहरु बिना दर्ता संचालन गरेको तथा स्थायी लेखा नं समेत नलिएको पाइएको थियो । दर्ता नभएका र स्थायी लेखा नं नलिएका व्यावसायीहरुलाई तुरुन्त सम्बन्धित निकायमा दर्ता गर्न निर्देशन दिइएको ईलाका प्रसासन कार्यालय प्रमुख बाबुराम पुरीले जानकारी दिए।  घरेलु तथा साना उद्योग कार्यालय प्युठानका उद्योग अधिकृत सरोज भण्डारी , इलाका प्रशासन कार्यालय जसपुरका नायव सुब्बा सुकुनराज विक, घरेलु तथा साना उद्योग कार्यालय प्युठानका कम्प्युटर अपरेटर चम्पक श्रेष्ठ, करदाता सेवा कार्यालय जसपुरका नायव सुब्बा राकेश कुमार साह सोनी, स्वर्गद्वारी नगरपालिकाको स्वास्थ्य अधिकृत दल बहादुर के सी  र अस्थायी प्रहरी पोष्ट खालका प्रहरी सहायक निरीक्षक टोप बहादुर गिरी अनुगमनमा खटिएका थिए ।

यो पनि पढ्नुहोस्