समय : ०३:१४ pm | शुक्रबार , चैत्र ६ गते २०८२

जिल्लामा सहिद दिवसको अवसरमा सहिद हरु को सम्झना तथा सम्मानार्थमा कबिता बाचन तथा रक्तदान कार्यक्रम सम्पन्न

स्वर्गद्वारी अपडेट | माघ १६ गते २०७९
  सन्तोष सुनार प्यूठान । प्यूठान जिल्लामा सहिद दिवसको अवसरमा सहिद हरु को सम्झना तथा सम्मानार्थमा कबिता बाचन तथा रक्तदान एक कार्यक्रम प्यूठान नगरपालिका ४गाजुरीमा आज सोमवार सम्पन्न भएको छ । जेष्ठ नागरीक खेमराज सुवेदिको अध्यक्षतामा सुरु भएको कार्यक्रममा प्रमुख अथिति प्यूठान नगरपालिकाका  नगर प्रमुख विष्णु योगी ,विशेष अथिति उप प्रमुख देवेन्द्व वर्मा रहनु भएको थियो । कार्यक्रममा नगर प्रमुखले नेपाली विर सहिदको सम्झनामा सम्मान तथा श्रदासुमान व्यक्त गर्दै समाजमा यतिा खालका कार्यक्रमले समाजलाइ परिवर्त तथा समाबेशितिर लैजाने धारण राख्नु भएको थियो । कार्यक्रममा कविता वाचन गेहराज थापा बिमला खनाल ,राजकुमारी कुवर लिला पुन ,सुमन सुवेदी ,कमल प्रसाद पोख्रेल ,सन्तोष नेपालीले गर्नु भएको थियो । रक्तदान गर्नेमा जिबन खनाल बाला खड्का, बिकास पोख्रेल, अजय नेपाली, बुद्ध नेपाली र सुबास नेपाली रहनु भएको थियो ।   कार्यक्रमको आयोजना नागरीक अभियान प्युठानले गरेको हो , कार्यक्रमको सन्चालन भने सुमन सुवेदिले गर्नु भएको थियो ।

यो पनि पढ्नुहोस्