समय : ०७:०६ am | बिहिबार , फागुन १४ गते २०८२

प्यूठानमा स्व. पत्रकार पौडेलको स्मृतिमा श्रद्धाञ्जलीसभा सम्पन्न

स्वर्गद्वारी अपडेट | माघ १३ गते २०७९
स्वर्गद्वारी अपडेट प्यूठान,  गत माघ १ गते बिमान दुर्घटनामा परी मृत्यू हुनु भएका पत्रकार त्रिभुवन पौडेल सहित ज्यान गुमाउने ७१ जनाको १३ औं दिनको पुण्यतिथिमा आज जुम्रीमा शोक सभाको आयोजना गरी श्रद्धाञ्जली ब्यक्त गरिएको छ । नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य तथा प्रेस सेन्टर नेपालका केन्द्रीय उपाध्यक्ष त्रिभुवन पौडेलको स्मृतिमा हाम्रो एकता प्रकाशनको संयोजनमा प्यूठानमा क्रियाशील पत्रकारहरुद्धारा श्रद्धाञ्जली ब्यक्त गरिएको हो । कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य सुशील पोखरेल, प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य तथा पत्रकार महासंघ प्यूठानका पूर्व अध्यक्ष गिरु प्रसाद भण्डारी, प्रेस सेंन्टर नेपालका केन्द्रीय लेखा संयोजक तुफान अधिकारी, प्रेस सेन्टरका लुम्विनी प्रदेश कमिटी सचिव टीकाराम पोखरेल, प्रेस चौतारी प्यूठानका अध्यक्ष बासुदेव गिरी र प्रगतिशील पत्रकार संघका अध्यक्ष प्रज्वल पहाडि लगायतका बक्ताहरुले पत्रकार पौडेलको निधनले नेपाली पत्रकारिता क्षेत्रमा अपूरणीय क्षेती भएको बताउदै स्व पौडेलको उर्जावान नेतृत्व शैली र कार्यकुशलता आजका समकालीन पुस्ताका पत्रकारहरुले सदैव अनुसरण गर्नु पर्ने बताएका थिए । कार्यक्रममा स्व पौडेलको तस्वीरमा माल्र्यापण र दिप प्रज्वलनसहित बिमान दुर्घटनामा ज्यान गुमाउनेहरुको बारेमा चर्चा गरिएको थियो । कार्यक्रमको संचालन हाम्रो एकता प्रकाशनका उप सम्पादक प्रकाश बैद्यले गरेका थिए ।

यो पनि पढ्नुहोस्