समय : ०१:२९ pm | शुक्रबार , चैत्र ६ गते २०८२

सरस्वती पुजाको अवसरमा विद्यालयमा न्यानो कपडा वितरण

स्वर्गद्वारी अपडेट | माघ १२ गते २०७९
स्वर्गद्वारी अपडेट ,प्युठान प्युठान नगरपालिका वडा नम्बर १ श्री सालघारी प्राथमिक बिधालयमा  सरस्वती पुजाको अवसरमा न्यानो कपडा खरिद गरी सरस्वती पुजाको दिन विद्यार्थीहरुलाई  वितरण गरेका छन । युवा समाजसेबी बिकास पोख्रेल र काठमाडौं निवासी मुकेस खतिवडाले करिब ७० हजारभन्दा बढीको न्यानो कपडा खरिद गरि  वडा नम्बर १ सालाघरिमा रहेको श्री सालघारी प्राथमिक बिधालयमा ८२ थान न्यानो कपडा  विद्यार्थीलाई वितरण गरेका थिए।बिद्यार्थीहरु चिसोको कारणले बिद्यालय जान बाट वन्चित नहुन भन्ने उदेश्यले ,बिद्यालयमा रहेका बिध्यर्थिहरुलाई न्यानो कपडा बितरण  रहेको पोख्रेलले बताए ।पोख्रेल र खतिवडाले यस भन्दा अघि पनि प्युठानको नौबहिनी गाउँपालिकाको-२लिघा फाउनेपोखरी, श्री नेपाल रास्ट्रीय आधारभूत बिद्यालयमा २५० थान न्यानो कपडा वितरण गरेका थिए ,उनले भने फजुल खर्चलाई कटाएर सामाजिक कार्यमा योगदान दिदै आएका हौ ।  

यो पनि पढ्नुहोस्