समय : ०१:२९ pm | शुक्रबार , चैत्र ६ गते २०८२

कृषक लोकराज पोख्रेलले तरकारी खेतिबाट मनज्ञ आम्दानी गर्दै

स्वर्गद्वारी अपडेट | माघ ९ गते २०७९
स्मृती घर्ती मगर, प्युठान पोख्रेल नर्सरी फर्मका सन्चालक लोकराज पोख्रेलले तरकारी खेतिबाट अहिले मनज्ञ आम्दानी गर्दै आएका छन । प्युठान नगरपालिका ३ निवासी कृषक पोख्रेलले अहिले तरकारी खेती सङ्गै कृषी पेशा बाट मनज्ञ आम्दानी गर्दै आएका हुन । बि सं २०४० सालदेखी सामान्य खेती गर्दै आएका पोख्रेलले २०७३ साल मा नर्सरी फर्म दर्ता गरी कृषी पेशालाई ब्यबस्थित बनाएका हुन । ३ रोपनी जग्गामा तरकारी लगाउने र तरकारिका बेर्ना उत्पादन गर्दै आएको कृषक पोख्रेलले ३० रोपनी जग्गामा धान र गहुं लगाउनुका साथै बिउ उत्पादन गर्दै आएको बताए । आफुले गरेको कृषी पेशाबाट आफु सन्तुष्ट रहेको बताउदै मासिक रुपमा १० देखी १२ हजार सम्म आम्दानी हुने गरेको बताए । आफुले घरमै बसेर, आफ्नै उब्जनी खाएर पनि बर्षमा ५ देखी ६ लाख सम्म आम्दानी गर्ने गरेको सुनाए । अहिले आफु आफ्नो कृषी पेशासङ्गै गुरापाटा कृषक समुहको अध्यक्षको रुपमा समेत रहेको पोख्रेलले बताए । अहिलेसम्म आफ्नो नर्सरी फर्मलाई प्रधानमन्त्री कृषी आधुनिकिकरण परियोजना धान जोन तथा तरकारी जोन र एकिकृत पशुपन्छी तथा कृषी बिकास कार्यलयले सहयोग गर्दै आएको बताए । आफुले सन्चालन गरेको फर्मलाई नगरपालिकाबाट कुनै पनि सहयोग नमिलेको भन्दै दुख समेत ब्यक्त गरे । आफु जस्ता कृषी पेशालाई अंगालेका र ब्यबस्थित गराउदै लग्ने र यसै पेशाबाट केहि गर्छु भन्ने सोंच बनाएका कृषकलाई पालिकाले पनि प्रोत्साहन स्वरुप सहयोग प्रदान गर्ने हो भने कृषी पेशालाई आफ्नो ब्यबसायको रुपमा अपनाएका कृषकहरुलाई केहि मात्रामा भएपनी राहात मिल्ने पोख्रेलले बताए ।

यो पनि पढ्नुहोस्