समय : १२:१५ pm | शुक्रबार , चैत्र ६ गते २०८२

शिक्षा सुधारमा सबैको सहयोग अपरिहार्य : जिसी

स्वर्गद्वारी अपडेट | माघ ५ गते २०७९
वासुदेव गिरी प्युठान, जिल्लामा बिधालयको शैक्षिक सुधार र गुणस्तर वृद्धिको लागि शिक्षक, बिद्यार्थी र अभिभावकको सहकार्य अपरिहार्य भएको जिल्ला समन्वय समिती प्युठानका प्रमुख धर्म बहादुर जिसीले बताएका छन्  । चिरायु मा ।बि । चिसावाङ प्युठानको ५९ औं वार्षिकोत्सब तथा अभिभावक भेलालाई सम्बोधन गर्दै प्रमुख अतिथी समेत रहेका धरम बहादुर जिसीले बिधालयको शैक्षिक भौतिक र आर्थिक बिकासको लागि सबै पक्ष मन, वचन र कर्मले लाग्नुपर्ने बताएका हुन। उनले भने, ूशिक्षा भनेको महत्त्वपूर्ण बिषय भएकोले यस तर्फ सबैको चासो आवश्यक छ ।ू तपाई हामिले ब्यवहारिक शिक्षा दिन सकेमात्र असल विद्यार्थी उत्पादन हुने भएकाले यस तर्फ सबैको ध्यान जानु पर्‍यो ।ु राज्यलाई कामलाग्ने उत्पादनमा जोड दिदै गम्भीर भएर लाग्न शिक्षक विद्यार्थी र अभिभावकलाई जिसीले आग्रह गरे । झिमरुक गाउँपालिकाका शिक्षा शाखा प्रमुख मोहन बिसीले अभिभावकहरुले आफ्ना बालबालिकाहरुलाई सिकाइमा सहयोग गर्न आग्रह गरेका छन । उनले भने, ुसबैको सहकार्य भए बिधालयको प्रगति सम्भव छ । नमुना बिधालय बनाउनको लागि अभिभावक चनाखो हुनुपर्छ ।ु उनले शिक्षक बिद्यार्थी अभिभावक र ब्यवस्थापन पक्ष लागेमात्र शिक्षामा परिवर्तन ल्याउन सम्भव हुने बताए । मोबाइलको गलत  प्रयोगले विद्यार्थीहरुलाई मनोबैज्ञानिक असर गरेको भन्दै उनले मोबाइल नेट ईन्टरनेट फेसबुक म्यासेजर सहि अर्थमा प्रयोग गरेमात्र युग सापेक्ष आफुलाई अगाडि बढाउन सहयोग पुग्ने बताए ।  पछिल्लोसमय मोबाइलको गलत प्रयोगले बिद्यार्थीमा असर परेकोले यस् तर्फ सचेत हुन अभिभावक शिक्षक र विद्यार्थीहरुलाई आग्रह गरे । पढाई बिचैमा छोड्ने प्रचलना बढी भएकोले यस्ता नानीबाबुहरुको पहिचान गरि बिद्यालय पुर्याउने बाताबरण सृजना गर्न तिर लाग्नुपर्ने बताए । शिक्षा लाई सबल बनाउन लागानी, ब्यवहारीक शिक्षा, सबल ब्यवस्थापन र दक्ष शिक्षक जागरुक अभिभावक र मेहनती विद्यार्थी भएमात्र शिक्षाले गुणात्मक फड्को मार्ने झिमरुक गाउँपालिका वार्ड नं ६ का वडा अध्यक्ष धन बहादुर पुनले बताए । त्यस्तै कार्यक्रमको समापन गर्दै चिरायु माध्यमिक बिद्यालयका अध्यक्ष निमान सिंह जिसीले बिद्यालयको चौतर्फी बिकासको लागि सबैको सहयोग चाहिने बताए । बिधालयलाई उच्च माध्यामिक बिधालयमा ग्रेड वृद्धि गर्नुपर्ने आवस्यकता खड्किएकोले अभिभावकको सहयोगले मात्र सम्भव हुने उनको तर्क थियो । कार्यक्रममा जनप्रतिनिधि, छिमेकी बिधालयका प्रधानाध्यापक, राजनीतिक दलका प्रतिनिधि लागाएतले बिद्यालयको प्रगतिको लागि शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा विभिन्न अक्षयकोषबाट बिद्यालय शिक्षक र विद्यार्थीहरुलाई सम्मान तथा पुरस्कृत गरिएको थियो । कार्यक्रममा वडा सदस्य तथा बिद्यालय ब्यवस्थापन समितीका सदस्य हेमराज भट्टराईले स्वागत मन्तब्य राख्नुभएको थियो भने कार्यक्रम संचालन शिक्षक चित्रभानु रावतले गरेका थिए ।

यो पनि पढ्नुहोस्