समय : १२:१६ pm | शुक्रबार , चैत्र ६ गते २०८२

३ दिने बाख्रापालन कृषक तालिम जुम्रीमा सुरु

स्वर्गद्वारी अपडेट | माघ ४ गते २०७९
  सन्तोष सुनार प्यूठान । प्यूठान नगरपालिका ३ स्थित नागबेली बहुउदेश्यीय कृषि सहकारी सस्थाको सभाहल जुम्रीमा दोस्रो राष्ट्रिय बाख्रा दिबसको अवसरमा एक कार्यक्रम गरी ३ दिने बाख्रापालन कृषक तालिम सञ्चालन भएको छ । नेपाल  व्यवसायीक बाख्रा पालक महाशंघ प्यूठानका अध्यक्ष राम बहादुर यामसीको अध्यक्षतमा सुरु भएको कार्यक्रममा प्रमुख अतिथि प्यूठान नगरपालिकाका नगर प्रमुख विष्णु योगी, शिेष अथिति प्यूठान नगरपालिका ३का वडा अध्यक्ष तथा प्यूठान नगरपालिकाका नगर प्रवक्तता सुमन राज क्षेष्ठ , नेपाल े व्यवसायीक बाख्रा पालक महाशंघ लुम्बीनी प्रदेशका सचिव केशव केशी प्रदेश सदस्य पे्रम पुन गीरीराज पौडेल रहनु भएको थियो । कार्यक्रममा स्वागत मन्तव्य नगर प्रमुख विष्णु योगी र वडा अध्यक्ष सुमन राज क्षेष्ठले राख्नु भएको हो । कार्यक्रममा व्यवसायीहरुले कृषि एम्बुलेन्स , बाख्राका लागी आहार व्यवस्थापनको अनुदान किसानहरुलाइ शौल्यदरमा क्रण उपलब्ध , बाखा पालक कृषकलाइ कृष्क कार्ड वितरण बाख्राका लागी नेपाल सरकारले दिएको ८० प्रतिशत बिमालाइ २०प्रतिशत थपी सत प्रतिशत बिमा अनुदान तथा बाख्राबाट जम्मा प्राङ्गारीक मललाइ कम्पोष्ट मल बनाउन उद्योग खोल्ने माग राखेका थिए । नगर प्रमुख विष्णु योगीले तपाइहरुको माग जाएज छ , हामी छलफल गर्छौ । निर्णय गरेर जाउला तपाइहरुमा प्यूठान नगरपालिका सदा साथमा छ । नगर प्रमुख योगील जिल्लाका सम्पुर्ण व्यवसायीमा सक्रिय रहेर हामी सहयोग रहने छ समेत बताउनु भइको छ । तालिम आज४ गतेदेखी ६ गते सम्म रहेको छ ।

यो पनि पढ्नुहोस्