समय : ०७:१५ pm | मङ्गलबार , असाेज १३ गते २०८३

गौमुखीमा नतिजा सुधार सम्बन्धि एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न

स्वर्गद्वारी अपडेट | पौष २५ गते २०७९
जोगिन्द्र मल्ल प्युठान / सामाजिक विकास डिभिजन कार्यालय प्युठानको आयोजनामा प्युठानका गौमुखी र सरुमारानी गाउँपालिकामा बिज्ञान ,गणित विषयको नतिजा सुधार सम्बन्धि एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। सामाजिक विकास डिभिजन कार्यालयका प्रमुख बिष्णु प्रसाद भुसालको अध्यक्षता तथा गौमुखी गाउँपालिकाका अध्यक्ष बिष्णु कुमार गिरीको प्रमुख आथित्यतामा भएको अन्तरक्रिया कार्यक्रममा बोल्दै गिरिले शिक्षा क्षेत्रलाई कसरी गुणस्तरीय बनाउन सकिन्छ।शिक्षामा स्थानीय तहले खेल्नु पर्ने भुमिका र लगानीमा जोड दिने बताउनु भयो ।तेसै गरि गाउँपालिका उपाध्यक्ष महाबिर रानाले शैक्षिक क्षेत्रको बिकासमा स्थानीय तह लागि पर्ने र गत बर्ष SEE परिक्षामा बिज्ञान र गणित विषयमा अनुत्तीर्ण संख्या धेरै भएकोले विद्यार्थीको नतिजा सुधार गर्न सबैको महत्त्वपूर्ण भुमिका हुनु पर्ने बताउनु हुँदै सो कार्यक्रमको आयोजना गर्ने सामाजिक विकास डिभिजन कार्यालयलाई धन्यवाद दिनु भयो। तेसै गरि सो अन्तरक्रिया कार्यक्रममा जनप्रतिनिधि , माध्यमिक तहका बि ब्य स ,बिज्ञान र गणित विषयका विषयगत शिक्षक र विद्यार्थीहरुको उपस्थिति रहेको थियो।

यो पनि पढ्नुहोस्