समय : ०७:४५ pm | बुधबार , फागुन १३ गते २०८२

दाङका सबै क्रसर उद्योग बन्द गर्न निर्देशन

स्वर्गद्वारी अपडेट | पौष २३ गते २०७९
स्वर्गद्वारी अपडेट प्युठान । जिल्ला प्रशासन कार्यालय दाङले दाङमा संचालित क्रसर उद्योगहरु तत्काललाई बन्द गर्न निर्देशन दिएको छ । पुस २१ गते प्रशासनले जारी गरेको सूचनामा प्रचलित कानुन र मापदण्ड अनुसार दर्ता नगरी तथा नवीकरणलगायत सञ्चालन अनुमति नलिई सञ्चालनमा रहेका क्रसर उद्योगहरू तत्काल बन्द गराउन भनिएको छ । साथै विभिन्न आयोजना निर्माणका लागि सञ्चालन भई हाल उक्त प्रयोजन र आयोजना समाप्तिपछि पनि सञ्चालनमा रहेका क्रसर उद्योग पनि बन्द गराउन सूचनामार्फत भनिएको छ । प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले दर्ता भएर कानुनसम्मत् चलेका र दर्ता नवीकरण नभएका तथा मापदण्ड नपुगेका सबै खाले क्रसर उद्योग तत्कालका लागि बन्द गर्न निर्देशन दिएको बताउनुभयो ।

यो पनि पढ्नुहोस्